समाचार

पाल्पामा पहिरोले पुरिँदा एक बालक वेपत्ता सात जना घाइते

पाल्पामा पहिरोले पुरिँदा एक बालक वेपत्ता सात जना घाइते

Breaking news 2, समाचार
असार २४, पाल्पापाल्पाको तिनाउ गाउँपालिका५ हिउँदे खोला भन्ने गाउँमा पहिरो खसेको हो। पहिरोले ६ घर बगाएको छ। पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले घर पुरिँदा सोही ठाउँकी पुजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका पाल्पाका प्रहरी प्रमुख डिएसपी रामेश्वर ट्वाँटीले जानकारी दिए। आज बिहीबार बिहानीपख हामीले घटनाको विषयमा जानकारी पाएका हौँ। एक बालक वेपत्ता भएका र अर्का एक जनाको मृत्यु भएको जानकारी हामीलाई आएको छ डिएसपी ट्वाँटीले भनेपहिरोले हिउँदे खोलमा ६ घर बगाएको र सात जना घाइते भएका स्थानीयबासीले बताएका छन्। पहिरो खसेको हिउँदे खोला भन्ने गाउँ सिद्धार्थ राजमार्ग नजिकै पर्छ। सिद्धार्थ राजमार्गको धेरै ठाउँमा पहिरो खसेको डिएसपी ट्वाँटीले बताए। सिद्धार्थ राजमार्गमा पर्ने तिनाउँ गाउँपालिका३ को ३४ ठाउँमा पहिरो खसेको उनले जानकारी दिए। ‘सिद्धबाबा मन्दिर...
गुल्मीमा असार ३१ सम्म निषेधाज्ञा थप, के भयो परिमार्जन ?

गुल्मीमा असार ३१ सम्म निषेधाज्ञा थप, के भयो परिमार्जन ?

गुल्मी विशेष, समाचार, स्वस्थ्य
अर्घाखाचीमा पनि असार ३१ गते सम्म निषेधाज्ञा गुल्मीमा  असार ३१ सम्म निषेधाज्ञा थप, के भयो परिमार्जन ? नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा निषेधाज्ञा असार ३१ गतेसम्म लम्बाइएको छ । जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले असार ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ। यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने आज राति १२ बजे सकिदैछ ।थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। निषेधाज्ञाको समय अबधिभर व्युटिपार्लर र सैलुन बाहेक अन्य पसलहरु बिहान ७ बजेदेखी दिउँसो १ बजेसम्म संचालन गर्न पाउने छन् । यस्तै बैङक वित्तिय संस्था ,सहकारी, वीमा कम्पनीहरु अफिस समयमा कार्यलयबाट मात्र सेवा दिनेगरि दिउँसो ३ बजेसम्म सन्चालन गर्न पाउने...
पेट्रोल, डिजेल, मट्टितेल ग्यास लगायतको मुल्य बढ्यो

पेट्रोल, डिजेल, मट्टितेल ग्यास लगायतको मुल्य बढ्यो

Breaking news3, ट्रेन्डिङ, समाचार
पेट्रोल, डिजेल, मट्टितेल ग्यास लगायतको मुल्य बढ्यो नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी खाना पकाउने एलपी ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले ग्यासको मूल्यमा प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर दुईरदुई रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिसिलिन्डर ग्यासमा २५ रुपैयाँ बढेर १४ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, पेट्रोलमा दुई रुपैयाँ बढेर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेलमा दुईरदुई रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम भएको छ । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ बढाएर ८४ रुपैयाँ पुर्याएको छ । ...

इस्मामा दलित समुदायको पेशालाई आधुनिकिकरण गरिने

समाचार
पुजा गौतम गुल्मी–इस्मा , असार १९ । । विभिन्न कारणबाट दलित समुदायको परम्परागत सीप पेशा उपेक्षित र लोप हुँदै गईरहेको बेला गुल्मीको इस्मा गाउँपालिकाले त्यस समुदायको पेसालाई मर्यादित , आधुनिकिकरण र व्यवसायीकिकरण गर्न सुरु गरेको छ । आरने पेशा गर्नेहरुलाई गोलको अभावमा फलाम ताउँ लगाउने काम अर्थात एक देखि अर्को फलाम जोड्न नसक्ने अवस्था आएकोले इस्मा गाउँपालिका वैल्डिङ्ग मेशिन उपल्ब गराएको छ । त्यस्तै फलाम काट्न र सान लगाउनका लागि ह्याण्ड ग्यालेन्डर मेशिन उपलब्ध गराएको छ । त्यस्तै गाउँमा पुर्णतः लोप हुँदै गएको जुत्ता सिलाउने पेशा संरक्षण गर्नका लागि एक वडा एक जुत्ता सिलाउने पशल सञ्चालन गर्नका लगि ६ वटै वडामा जुत्ता सिलाउने मेशिनहरु निशुल्क वितरण गरेको छ । आरन सुधार कार्यक्रम अन्तर्गत उक्त मेशिनहरु अहिलेलाई २१ घरधुरीलाई वितरण गरिएको र यसको सकारात्मक प्रभव देखि आगमी दिनहरुमा बृद्धि गरिदै लगिने गा...
एउटै नामका दुई मुसिकोट नगरपालिका बिच मितेरी सम्वन्धको सुरुवात

एउटै नामका दुई मुसिकोट नगरपालिका बिच मितेरी सम्वन्धको सुरुवात

मुसिकोट नगरपालिका, समाचार
प्रेम सुनारगुल्मी,असार १७ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका र गुल्मीको मुसिकोट नगरपालिका बिच मितेरी सम्वन्ध स्थापनाका लागि भ्रमण आदन–प्रदान सुरु भएको छ । जसको परिकल्पना गुल्मीका यस अघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले गरेका थिए । उनको घर पनि रुकुम मै पर्दछ । हालै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा , प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल त्यस नगरका वडाध्यक्ष सहितका जनप्रतिनिधी र कर्मचारीहरुले रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको भ्रमण गरेर फर्किएका छन् । मेयर सापकोटा भन्छन् –‘ हाम्रो नगरपालिकाको केन्द्र रहेको स्थान वामीटक्सारबाट रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान सम्म पुग्न १ सय ४५ किलो मिटर दुरी पार गर्नु पर्दोरहेछ । पुर्वी रुकुमको कमलदहबाट ३४ किलो मिटर पार गरेर खलाङ्गा स्थित मुसिकोट नगरपालिकाको केन्द्रमा पुगेका थियौं । ’ उनि थप्छन्–‘ निकै सुन...
लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा सञ्चालन गर्ने

लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा सञ्चालन गर्ने

अर्थ, शिक्षा, समाचार
लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो । कोरोना ९कोभिड–१९० महामारी र पदाधिकारी नहुँदा परीक्षा स्थगित भएका थिए । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए । गत आर्थिक वर्ष २०७६र७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो । आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्...
यूवा नै देशको मेरुदण्ड हो

यूवा नै देशको मेरुदण्ड हो

राजनीति, विचार, समाचार
विकास टण्डनगुल्मी,असार १६, समाज यतिबेला परिवर्तनको प्रशव पिडामा छटपटाइरहेको छ । यहि परिवर्तनको प्रसव पिडालाई मेटाउन युवा वर्ग होमिएर लाग्नू पर्ने आजको मूलभूत आवश्यकता देखिएको छ । इतिहासको भोक, रोक र शोकलाई निर्मूल पार्न यतिखेर कम्मर कसेर लागी पर्नु नै युवाले समाजमा गर्नुपर्ने दाहित्व हो । तर युवालाई यस्ता कामको लागि प्रोत्साहन नदिने हो भने युवा वर्गहरु कि विदेशन बाध्य हुन्छन् कि त विद्रोह गर्न सक्छन् । बिद्रोह भन्नाले अराजक गतिविधि बाट नभै बौद्धिक तबर बाट गर्न जरुरी छ । हरेक क्षेत्र मा युवाहरु को अग्रसरता भन्दै विभिन्न माध्यम बाट युवा हरु लाई जनपरिचालन गरि आफ्नो स्वार्थ लिप्त भैरहेको देखन पाइन्छ तसर्थ अब हरेक युवा चनाखो हुने समय आएको छ । राजनीतिक दल , संघसस्थ लगायत विभिन्न संघसंगठनहरु मा नेतृत्व को चेनब्रेक तोड्दै युवा हरु अफैले नेतृत्व लिइ हरेक छेत्र मा युवा सोच का साथ देश लाई बिकास क...
रुरु प्राथमिक स्वास्थ्य केन्द्रले रक्तदान कार्यक्रम गर्ने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रले रक्तदान कार्यक्रम गर्ने

समाचार, स्वस्थ्य
कृष्ण अन्जानरुरु, असार १५ -गुल्मीको रुरु प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नो स्थापनाको अठारौँ वर्ष गाँठको अवसर पारेर्रे रक्तदान कार्यक्रमको आयोजना गर्ने तयारी थालेको छ ।यहि असार १९ गते शनिवार रुरु प्राथमिक स्वास्थ केन्द्रमा रक्तदान कार्यक्रम को आयोजना गरिने स्वास्थ्य केन्द्रका प्रमुख समेत रहनु भएका डाक्टर विकास पन्थीले जानकारी दिनु भयो ।रुरु प्राथमिक स्वास्थ केन्द्र रिडीको आयोजनामा नेपाल स्वयँसेवि रक्तदाता समाज गुल्मी शाखा र नेपाल स्वयँसेवि रक्तदाता समाज रुपन्देहीको समेत सहभागिता हुने रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गर्न डाक्टर पन्थिले सबैलाई आह्वान गर्नु भएको छ ।रक्तदान गरौँ पुण्य कमाऔँ रक्तदान जीवन दानको नारा सहित आयोजना हुने रक्तदान कार्यक्रममा उत्साहजनक उपस्थितीको आशा गरिएको आयोजकको भनाई छ । ...
आज लुम्बिनी प्रदेशले ३८ अर्ब हाराहारीमा बजेट ल्याउदै

आज लुम्बिनी प्रदेशले ३८ अर्ब हाराहारीमा बजेट ल्याउदै

breaking news 1, अन्य, अर्थ, खेलकुद, गुल्मी विशेष, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वस्थ्य
लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०७८–७९ को बार्षिक बजेट ल्याउँदै छ । आइतबार नीति तथा कार्यक्रम पास गरेको प्रदेश सरकारले आज तीन बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य राख्ने छन । कोरोना नियन्त्रण र थलो परेको अर्थतन्त्रलाई उकास्ने गरी ल्याउन लागेको बजेटको आकार गत वर्षको भन्दा बृद्धि गरी सार्वजनिक गर्ने तयारीमा प्रदेश सरकार रहेको छ । करिब ३८ अर्ब हाराहारीमा बजेट ल्याउँने तयारीमा प्रदेश सरकार रहेको छ । असार १ गते संबैधानिक रुपमा बजेट ल्याउनुपर्ने ब्यवस्था छ ।प्रदेश सरकार गठन भएपछिका तीन वटा बजेट अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखेरेलले पेश गरेका थिए । आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइन लागेको प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा डा ईश्वर ...
रुपन्देहीमा आज २५ जनामा संक्रमण पुष्टि, ५२ जना डिस्चार्ज

रुपन्देहीमा आज २५ जनामा संक्रमण पुष्टि, ५२ जना डिस्चार्ज

अन्य, अर्थ, खेलकुद, गुल्मी विशेष, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वस्थ्य
रुपन्देही: रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा २२५ जनाको कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको छ भने ५२ जना निको भएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा २जना, देवदह नगरपालिकामा ४जना, सिद्धार्थनगर नगरपालिकामा ३ जना,सैनामैना नगरपालिका, मायादेवी गाउँपालिकामा ३।३ जना, ओमसतिया गाउँपालिकामा २ जना कञ्चन र सियारी गाउँपालिकामा १।१ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७हजार ७ सय ८७ पुगेको छ । जसमध्ये २६ हजार ६सय ९९ जना निको भएका छन ।हाल जिल्लामा ६१५ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४७३ पुगेको छ । ...