
एलपीएल-६ : शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी
धनगढी, ९ फागुन
धनगढीमा जारी एलपीएलको छैटौं संस्करणअन्तर्गत सोमबार सम्पन्न खेलमा शारदा सरस्वती दोधारा कञ्चनपुर र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् ।
सोमबार सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै शारदा सरस्वती दोधारा विजयी भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । शारदाका लागि हेमन्त धामीले अविजित ३८ रन बनाएका थिए । बलिङ तर्फ एभरेस्टका कृश ऐरले ३ तथा आकाश चन्द र धर्म जोशीले समान २/२ विकेट लगेका थिए ।
१३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको एभरेस्ट एकेडेमी १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय रनमा समेटियो । एभरेस्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए ।
एभरेस्टलाई सस्तैमा समेट्ने क्रममा शार...