रुपन्देहीमा आज २५ जनामा संक्रमण पुष्टि, ५२ जना डिस्चार्ज

0 Shares

रुपन्देही: रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा २२५ जनाको कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको छ भने ५२ जना निको भएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा २जना, देवदह नगरपालिकामा ४जना, सिद्धार्थनगर नगरपालिकामा ३ जना,सैनामैना नगरपालिका, मायादेवी गाउँपालिकामा ३।३ जना, ओमसतिया गाउँपालिकामा २ जना कञ्चन र सियारी गाउँपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७हजार ७ सय ८७ पुगेको छ । जसमध्ये २६ हजार ६सय ९९ जना निको भएका छन ।हाल जिल्लामा ६१५ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४७३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *