breaking news 1

पहाडी भू–भागमा आंशिक बदली रहने,केही स्थानमा हल्का हिमपातको सम्भावना

पहाडी भू–भागमा आंशिक बदली रहने,केही स्थानमा हल्का हिमपातको सम्भावना

breaking news 1, Breaking news3, पर्यटन
काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।शुक्रबार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको हो ।आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।शुक्रबार बेलुका लुम्बिनी र वागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थान...
काँग्रेस गुल्मी सभापति पन्थी रेसुङ्गा नगरपालिकामा प्रमुखको उमेदवार

काँग्रेस गुल्मी सभापति पन्थी रेसुङ्गा नगरपालिकामा प्रमुखको उमेदवार

breaking news 1, समाचार
गुल्मी । रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका खिलध्वज पन्थी उमेदवार बनेका छन् । काँग्रेस गुल्मीका सभापति समेत रहेका पन्थी नगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट उमेदवार बनेका हुन् ।  बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा सभापति पन्थीलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उमेदवार बनाएर पठाएको हो । पन्थी रेसुङ्गा नगरपालिका–५, भुवनपानीका बासीन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् । साढे ८ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा सभापतिमा बिजय भएका थिए । नेपाली काँग्रेसले प्रत्यक्ष जनताको जनजीविकोसँग जोडिएर काम गर्ने भएकोले आफु नगरपालिकामा बहुमतका साथ बिजयी हुने नगरपालिकाको प्रमुखका उमेदवार तथा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी...
निर्माण व्यवसायीको अधिवेशन शुक्रबार देखि प्रधानमन्त्रीले उद्घाटन गर्ने

निर्माण व्यवसायीको अधिवेशन शुक्रबार देखि प्रधानमन्त्रीले उद्घाटन गर्ने

breaking news 1, समाचार
काठमाडौं, २६ फागुन  । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२औं अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीमा हुने भएको छ ।  साधारण सभा तथा अधिवेशन उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ । महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाइयो ।  अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ ।  साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मुल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । सम्मेलनमा महासंघका...
पत्रकारका नाममा बिज्ञापनको लुट

पत्रकारका नाममा बिज्ञापनको लुट

breaking news 1, गुल्मी विशेष, समाचार
गुल्मी ११ फागुन । स्थानीय सरकार बने पछि जिल्लाको सुचिकृत सक्रिय पत्रकार हुनै परेन ।त्यो पनि छाडौ उसले कुनै पनि मिडियामा काम पनि गर्नै परेन । सघियता लागू नहुनु अघि सम्म सबिक जिल्ला बिकास समिती देखि हरेक कार्यालयहरुले जिल्लामा सुचिकृत सकृय पत्रकारहरूलाई मात्र सुचनाहरु आलोपालो दिने गर्दथे । जब स्थानिय तहको निर्बाचन भयो तब आफुले चिने जानेका दाइ भाइ भिनाजु, काका काकी र मामाहरु सरकार प्रमुख, उपप्रखु भए । अझ उनिहरु आफ्नै पार्टिको नेता समेत भए । त्यस पछि सुरु हुन थाल्यो बिज्ञापनको लुट । बिज्ञापन मात्र हो र भिडियो डकुमेन्ट्रीका नाममा पहिलो बर्ष मै जिल्ला बाहिरका छट्टुहरुले कतिपय पालिकाहरुलाइ पाँच लाख सम्मको मुर्गा बनाए ।त्यस पछि क्यालेन्डर छपाइका नाममा विभिन्न दलका सङ्ग्ठनको सकृयता बढन थाल्यो ।आर्थिक बर्षको अन्त्यतिर असारे पत्रिकाहरु बुटवलमा निक्लन थाले । पुराना र आधिकारिक पत्रिका र पत्रकारहरु ओठ ...
निर्माण व्यवसायीहरूको ठेक्काको पेश्की रकम  घटाएर १० प्रतिशत

निर्माण व्यवसायीहरूको ठेक्काको पेश्की रकम घटाएर १० प्रतिशत

breaking news 1, समाचार
नेपाल सरकारले तीन अर्बसम्मका ठेक्का नेपाली निर्माण व्यवसायीले नै लिन पाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले एक अर्बको दायरा बढाएर तीन अर्ब पुर्‍याएको छ ।यो व्यवस्था अनुसार अब सार्वजनिक खरिद नियमावली संशोधन हुनेछ। श्रम,रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अब एक निर्माण व्यवसायीले ३ अर्ब बराबारका ५ वटा सम्म ठेक्का लिन पाउने छन्। यसअघि एक अर्ब भन्दा बढीको ठेक्का लिँदा विदेशी कम्पनीहरूसँग मिलेर नेपाली निर्माण व्यवसायीहरूले काम गर्थे। अब यो ३ अर्ब सम्मका लागि विदेशी कम्पनीहरूसँग मिल्नु पर्दैन।त्यस्तै सरकारले निर्माण व्यवसायीहरूको ठेक्काको पेश्की रकम (मोबिलाईजेसन कस्ट) भने घटाएर १० प्रतिशतमा झारेको छ। अहिले यो रकम २० प्रतिशत थियो। ठेक्का लाग्ने वित्तिकै १० र काम सुरु गरेपछि बाँकी १० प्रतिशत पाउँदै आएका थिए। अब यो रकम घटेर ५/५ प्रतिशत कायम गरिएको छ। ...
जेठमा एकै चरणमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल 

जेठमा एकै चरणमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल 

breaking news 1
काठमाडौं, १८ माघ  ।प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।  निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो । सोही विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल ४ जेठमै निर्वाचन गर्ने विषयमा केन्द्रित थियो ।  सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन । तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिइसकेका छन् । नेपाली कांग्रेस बागमती प्रदेशका प्...
बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

breaking news 1, समाचार
तनहुँ, १ माघ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ ।  घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया जमुना थापा, सोही वडाको हुस्लाङकोटकी ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनकाअनुसार बन्दीपुर–६ भाक्सेकी साते महिने बालिका विविसा थापा, १६ बर्षीया सनिसा थापा १८ बर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपिन थापा घाइते भएका छन् । घुमाउनेबाट धरमपानी आउँदै गरेको ग १ ज ६५५५ नम्बरको यात्रुवहा जिप सडकबाट अन्दाजी ...
काेभिड-१९ काे मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान

काेभिड-१९ काे मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान

breaking news 1, ताजा अपडेट
काठमाडाैं, १ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी/माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।  थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनिने पर्वमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले  संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको बताएका छन् । विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको उनकाे भनाइ छ । । यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन् ।  आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ । यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थ...
स्कार्पियो दुर्घटनामा सात जना घाइते

स्कार्पियो दुर्घटनामा सात जना घाइते

breaking news 1
काठमाडौं, ३० पुस । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका- ६ मा स्कार्पियो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।  तीन नम्बर पुलबाट बा१३च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएका हुन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०/६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । दुर्घटनाको कारण भने खुलेको छैन । ...