एउटै नामका दुई मुसिकोट नगरपालिका बिच मितेरी सम्वन्धको सुरुवात

0 Shares

प्रेम सुनार
गुल्मी,असार १७ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका र गुल्मीको मुसिकोट नगरपालिका बिच मितेरी सम्वन्ध स्थापनाका लागि भ्रमण आदन–प्रदान सुरु भएको छ । जसको परिकल्पना गुल्मीका यस अघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले गरेका थिए । उनको घर पनि रुकुम मै पर्दछ ।

हालै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा , प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल त्यस नगरका वडाध्यक्ष सहितका जनप्रतिनिधी र कर्मचारीहरुले रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको भ्रमण गरेर फर्किएका छन् ।

मेयर सापकोटा भन्छन् –‘ हाम्रो नगरपालिकाको केन्द्र रहेको स्थान वामीटक्सारबाट रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान सम्म पुग्न १ सय ४५ किलो मिटर दुरी पार गर्नु पर्दोरहेछ । पुर्वी रुकुमको कमलदहबाट ३४ किलो मिटर पार गरेर खलाङ्गा स्थित मुसिकोट नगरपालिकाको केन्द्रमा पुगेका थियौं । ’

उनि थप्छन्–‘ निकै सुन्दर पाहडी वस्ती रहेछ । नगरपालिका तिब्र बिकासको चरणमा रहेछ । संघिय सरकारले नै स्थापना गरेको बिशाल कृषि फर्म हेरियो । यताको मुसिकोटको र उताको मुसिकोटको भुगले मिल्दो रहेछ । त्यहाँको मुसिकोट दरवारमा पनि पुगियो ।

त्यस नगरपालिकाका मेयर देविलाल गौतम सहितका जनप्रतिनिधीहरुले हामी दुई नगर विच मितेरी सम्वन्ध स्थापित गर्ने प्रस्ताव गर्नु भएको छ । उहाँहरुलाई पनि भ्रमणको निम्तो दिएका छौं आगमी भदौ सम्म उहाँहरु पनि आउनु हुन्छ , त्यस पछि मितेरी सम्वन्ध जोड्नका लागि नगरपालिकामा निर्णय हुने छ । ’

उता रुुकुम पश्चिम स्थित मुसिकोट नगरपालिकाका मेयर देविलाल गौतमले मुसिकोट दरवारको पौराणीक कथा सुनाए । उनले भने–‘ नेपाल एकिकरण अभियान अघि सम्म शाह वंशिय भुरेटाकुरे राजा मुसिकोट नगरपालिका ९ को कुप्रेकोटमा दरबार बनाएर बसेका रहेछन् । ति राजाले मुसी नामकी एउटी युवतीलाई भान्छे बनाएर राखेका रहेछन् । तिनै भान्छे महिला सालको पाट टिप्न पारी डाँडाको सालघाररीमा पुगिछन् । त्यही डाँडा सुन्दर रहेछ सरकार भनेर सुनाईन । त्यस पछि राजालाई पनि त्यही ठाउँ मन परेर दरवार बनाए छन् ।

जुन दरबार हाम्रो बाजेको पालामा आगोलागी हुन पुग्यो । हाम्रो बुवालाई समेत थाह भएको सुनाउँदै हुनुहुन्थ्यो कि त्यो दरबारमा लागेको आगो ६ महिना सम्म पनि निभाउन सकिएको थिएन् । ईटामा मासको पिठोले लगाएको गाह्रो भनिन्छ त्यसैले आगो निभन्न छ महिना पनि नसकेको बुढापाकाहरु बताउँछन् । त्यस दरबारको ईटा लगायतको भग्नावशेष अझै छ । त्यसैलाई संरक्षण गर्दै पर्यटकिय क्षेत्र बनाउँदै छौं । ’

उनका अनुसार त्यस कोट संगै अर्को प्रशिद्ध धार्मिक क्षेत्र हो बिग्रेशाही कुमारी मन्दिर जहाँ बर्षमा ४ देखि ५ हजार सम्म बोका वली चढाईन्छ । त्यस भेगका थुप्रै जिल्लाका झण्डै २० हजार जना सम्म भक्तजनहरु बर्षेनी त्यस मन्दिरमा दर्शन गर्न आउँछन् । विवाह , व्रत बन्ध , अन्य पुजा पाठ गर्ने गरिन्छ । गुल्मीका पुर्व प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्र , सल्ले बिमान स्थल , खलाङ्गा बजार क्षेत्रको अवोलक गरेर गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरु फर्केका हुन् ।

उनले आफ्नो फेशबुकमा आफु गुल्मी छँदा दुई वटै नगरपालिकाको नाम एउटै रहेकोले मितेरी सम्वन्ध स्थापित गर्न प्रस्ताव गरेको स्मरण गर्दै लेखेका छन् – आशा गरौं अब यसले हाम्रो दुई जिल्लाका नगरपालिका बिच मितेरी सम्वन्ध राख्ने कुराले मुर्त रुप पाउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.