Author: gulmipost

काँग्रेस गुल्मी सभापति पन्थी रेसुङ्गा नगरपालिकामा प्रमुखको उमेदवार

काँग्रेस गुल्मी सभापति पन्थी रेसुङ्गा नगरपालिकामा प्रमुखको उमेदवार

breaking news 1, समाचार
गुल्मी । रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका खिलध्वज पन्थी उमेदवार बनेका छन् । काँग्रेस गुल्मीका सभापति समेत रहेका पन्थी नगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट उमेदवार बनेका हुन् ।  बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा सभापति पन्थीलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उमेदवार बनाएर पठाएको हो । पन्थी रेसुङ्गा नगरपालिका–५, भुवनपानीका बासीन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् । साढे ८ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा सभापतिमा बिजय भएका थिए । नेपाली काँग्रेसले प्रत्यक्ष जनताको जनजीविकोसँग जोडिएर काम गर्ने भएकोले आफु नगरपालिकामा बहुमतका साथ बिजयी हुने नगरपालिकाको प्रमुखका उमेदवार तथा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी...
प्रेस चौतारीको महाधिवेशन भाेलिदेखि, कार्यतालिका सार्वजनिक

प्रेस चौतारीको महाधिवेशन भाेलिदेखि, कार्यतालिका सार्वजनिक

समाचार
पाेखरा, २६ फागुन । प्रेस चौतारी नेपालको नवाैं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पाेखरामा हुँदैछ । शनिबारसम्म चल्ने महाधिवेशनकाे पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताकाे तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएकाे छ ।  शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेकाे छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ । शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएकाे छ । २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेकाे हाे । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकको भनाइ छ । ...
न्यून चापीय प्रणालीकाे प्रभाव, अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङ सहित वर्षाकाे सम्भावना

न्यून चापीय प्रणालीकाे प्रभाव, अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङ सहित वर्षाकाे सम्भावना

Breaking news3, समाचार
काठमाडाैं, २६ फागुन । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ । अन्य क्षेत्रमा मौसम सफा  छ । दिउँसो पहाडी भूभागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । ...
विद्यार्थी मृत्यु प्रकरण : पीडित परिवार कानुनी उपचारमा जाने भएसँगै १५ घण्टापछि निषेधाज्ञा हट्यो

विद्यार्थी मृत्यु प्रकरण : पीडित परिवार कानुनी उपचारमा जाने भएसँगै १५ घण्टापछि निषेधाज्ञा हट्यो

Breaking news 2, समाचार
लमजुङ,२६ फागुन । लमजुङको सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि लगाइएको निषेधाज्ञा १५ घण्टापछि हटेको छ । पीडित पक्षले प्रहरीमा लिखित जाहेरी दिने र प्रहरीले कानुनी उपचार खाेज्ने सहमति भएपछि राति ९ बजे निषेधाज्ञा हटेकाे हाे ।  लमजुङ क्षेत्रमा निषेधाज्ञा जारी भएपछि पीडित पक्षले बाइसजाँगरमा टायर बालेर प्रदर्शन गर्दै दिनभर सडक अवरुद्ध पारेका थिए । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगर घर भइ लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने  क्रममा ज्यान गएपछि तनाव सिर्जना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार सहमतिअनुसार घटनाको सूक्ष्म तरिकाले गम्भीर अनुसन्धान हुने, शव पोस्टमार्टम गर्ने, प्रहरीमा पीडितले लिखित जाहेरी दिनेछन् ।यसअघि नियन्त्रमा लिइएका फ्युचर स्टार ...
निर्माण व्यवसायीको अधिवेशन शुक्रबार देखि प्रधानमन्त्रीले उद्घाटन गर्ने

निर्माण व्यवसायीको अधिवेशन शुक्रबार देखि प्रधानमन्त्रीले उद्घाटन गर्ने

breaking news 1, समाचार
काठमाडौं, २६ फागुन  । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२औं अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीमा हुने भएको छ ।  साधारण सभा तथा अधिवेशन उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ । महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाइयो ।  अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ ।  साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मुल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । सम्मेलनमा महासंघका...

११२ औ अन्तराष्ट्रिय नारी दिवसको दिन गुल्मेली समाज जापानद्धारा आयोजना गरिएको नेपाली महिला हिजो आज भोली भन्ने कार्यक्रम

समाचार
https://www.facebook.com/148893297587123/videos/7524669170884001
पत्रकारका नाममा बिज्ञापनको लुट

पत्रकारका नाममा बिज्ञापनको लुट

breaking news 1, गुल्मी विशेष, समाचार
गुल्मी ११ फागुन । स्थानीय सरकार बने पछि जिल्लाको सुचिकृत सक्रिय पत्रकार हुनै परेन ।त्यो पनि छाडौ उसले कुनै पनि मिडियामा काम पनि गर्नै परेन । सघियता लागू नहुनु अघि सम्म सबिक जिल्ला बिकास समिती देखि हरेक कार्यालयहरुले जिल्लामा सुचिकृत सकृय पत्रकारहरूलाई मात्र सुचनाहरु आलोपालो दिने गर्दथे । जब स्थानिय तहको निर्बाचन भयो तब आफुले चिने जानेका दाइ भाइ भिनाजु, काका काकी र मामाहरु सरकार प्रमुख, उपप्रखु भए । अझ उनिहरु आफ्नै पार्टिको नेता समेत भए । त्यस पछि सुरु हुन थाल्यो बिज्ञापनको लुट । बिज्ञापन मात्र हो र भिडियो डकुमेन्ट्रीका नाममा पहिलो बर्ष मै जिल्ला बाहिरका छट्टुहरुले कतिपय पालिकाहरुलाइ पाँच लाख सम्मको मुर्गा बनाए ।त्यस पछि क्यालेन्डर छपाइका नाममा विभिन्न दलका सङ्ग्ठनको सकृयता बढन थाल्यो ।आर्थिक बर्षको अन्त्यतिर असारे पत्रिकाहरु बुटवलमा निक्लन थाले । पुराना र आधिकारिक पत्रिका र पत्रकारहरु ओठ ...
एलपीएल-६ : शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

एलपीएल-६ : शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

खेलकुद
धनगढी, ९ फागुन धनगढीमा जारी एलपीएलको छैटौं संस्करणअन्तर्गत सोमबार सम्पन्न खेलमा शारदा सरस्वती दोधारा कञ्चनपुर र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् ।  सोमबार सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै शारदा सरस्वती दोधारा विजयी भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । शारदाका लागि हेमन्त धामीले अविजित ३८ रन बनाएका थिए । बलिङ तर्फ एभरेस्टका कृश ऐरले ३ तथा आकाश चन्द र धर्म जोशीले समान २/२ विकेट लगेका थिए ।  १३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको एभरेस्ट एकेडेमी १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय रनमा समेटियो । एभरेस्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए ।  एभरेस्टलाई सस्तैमा समेट्ने क्रममा शार...
किसुनजी स्मृति म्याराथन चैत्रमा हुने

किसुनजी स्मृति म्याराथन चैत्रमा हुने

राजनीति
काठमाडौं, ९ फागुन । नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्त्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता १९ चैत्रमा हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको (किसुनजी) को स्मृतिमा संघले दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।  अनुमानित ११ लाख लागत रहेको प्रतियोगिताका विजयी खेलाडीहरूले नगद ५० हजार, उपविजयी खेलाडीहरूले नगद ३० हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २० हजार प्राप्त गर्ने छन् ।  अघिल्लो संस्करणको तुलनामा यस पटक पुरस्कार राशिलाई दोब्बर बनाइएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङले जानकारी गराए ।  प्...
एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयो : मन्त्री कार्की

एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयो : मन्त्री कार्की

ताजा अपडेट, राजनीति
काठमाडौं, ५ फागुन । सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए । बहस अझै जारी नै रहने भएकाले भोलि पुनः यस विषयमा छलफल हुने उनले बताए । ‘आज गम्भीर विषयमा गम्भीर छलफल भयो । भोलि बिहान १० बजे पुन: बैठक बस्ने छ,’ उनले भने । उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्‍याउने भन्नेबारे छलफल भएको बताए । उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल हुने बताएका छन् । ...