अर्थ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

अर्थ, ताजा अपडेट
काठमाडौं, ६ माघ । अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड-१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा तीन-तीन रुपैयाँका दरले, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर मूल्य बढाएको थियो । ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड-१९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइ...
भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा कांग्रेस नेता घिमिरे नियुक्त

भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा कांग्रेस नेता घिमिरे नियुक्त

अर्थ, समाचार
हरिप्रसाद भुसाल अर्घाखाँची, १ माघ ।  भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा नेपाली काँग्रेसका नेता यादव प्रसाद घिमिरे नियुक्त भएका छन् ।  नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार घिमिरे हिजोदेखि नै लागु हुनेगरी भूमि आयोग अर्घाखाँचीको अध्यक्ष नियुक्त भएका हुन् । पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानका घिमिरे नेपाल शिक्षक संघका अध्यक्ष समेत हुन् । कांग्रेस महासमिति सदस्य घिमिरे कांग्रेसको १४ औं अधिवेशनमा कांग्रेस जिल्ला सभापतिमा उम्मेवार बनेका थिए । यद्यपि नेता घिमिरे अधिवेशनमा पराजित भएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुनेगरी अर्घाखाँचीसहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरुलाई नियुक्ति पत्र दिएको बताइएको छ । यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी ...
लुम्बिनीमा सभाहल र ध्यानकेन्द्र निर्माण अन्तिम चरणमा, बुद्ध जयन्तीमा उद्घाटन गरिने

लुम्बिनीमा सभाहल र ध्यानकेन्द्र निर्माण अन्तिम चरणमा, बुद्ध जयन्तीमा उद्घाटन गरिने

पर्यटन, समाचार
लक्ष्मण पौडेलबुटवल, २७ पुस   ।  बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी  २ जेठ, बुद्ध जयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ । 'ध्यान केन्द्रमा ल्याण्डस्केपिङ र बाउन्ड्री वालको काम मात्र बाँकी छ, यो काम पनि चालु अवस्थामा छ, त्यस्तै झ्याल ढोका लगाउने काम पनि जारी छ,' कोषका योजना प्रमुख सरोज भट्टराईले भने, 'आगामी बुद्ध जयन्तीका दिन सभाहल र ध्यान केन्द्रको उदघाटन हुनेछ ।' लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि १७ वैशाख २०७५ मा २५६२औँ बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन केन्द्रको शिलान्यास गरेकी थिइन् ।   २०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अनक-अर्घाखाँची-बाबुल जेभी सिद्धार्थनगरल...
बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

ताजा अपडेट, पर्यटन, स्वस्थ्य
बुटवल, २७ पुस  ।  काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ । नाकाबाट आवतजावत गर्ने सबैको कोरोना परीक्षण हुँदैन ।  केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई  जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । 'अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल  प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,' रुपन्देहीका प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले भने । अहिले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन् । पर्यटकलाई बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था छ । कोरोना पोजेटिभ द...
लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

अर्थ, ताजा अपडेट
जनकपुरधाम, २४ पुस  । धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ ।  खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो ।  नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताए ।   ...
नेपालको रेल ‘जय भोलि’ बन्दै, रेल्वको १४ हजार क्ल्पि फेरि चोरिए

नेपालको रेल ‘जय भोलि’ बन्दै, रेल्वको १४ हजार क्ल्पि फेरि चोरिए

breaking news 1, अर्थ
जनकपुरधाम, २४ पुस ।  मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पुर्वाधार तगा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्- रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल संचालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता हो ।’ तर, मन्त्री यादवले प्रतिवद्धता जनाएकाे एक महिना पूरा हुँदा पनि रेल संचालनकाे टुंगाे  छैन । हुन त रेल संचालनकाे प्रतिवद्धता जनाउने मन्त्रीकाे संख्या नै तीन नाघिसकेकाे छ ।  यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिवद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिवद्धता गरिरहेका सर्वसधारण जनतामा खासै उत्साह थिएन् ।  मंगलबार भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङकण) को टोलीले कुर्था-जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्य...
सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

अर्थ, ताजा अपडेट, शिक्षा
काठमाडौं, २३ पुस । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।  सिजेएनको नयाँ कार्यसमितिको अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ सहकारीखबर डटकमका सम्पादक हुन् । यस्तै, उपाध्यक्षमा अन्नपूर्ण पोस्ट् दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सह सचिवमा गोरखापत्र दैनिकका भेषराज बेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठ निर्विरोध चयन भएका छन् ।  त्यस्तै सदस्यहरुमा मेरोलगानी डटकमका सुधा देवकोटा र विकास न्यूज डटकमका सन्तोष रोकाया चयन भएका छन् । बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्नेछ ।   ...
सहकारीहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंकजस्तो भए : मन्त्री श्रेष्ठ

सहकारीहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंकजस्तो भए : मन्त्री श्रेष्ठ

अर्थ, ब्यापार
काठमाडौं, २३ पुस । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबढ्ने बताएकी छन् । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला मन्त्री श्रेष्ठले कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्नेमा जोड दिइन् । शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनहरुमा सहकारी संघ संस्थाहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो भएको बताएकी छिन् । ‘पछिल्ला दिनहरुमा सहकारी उद्देश्यविहीन जस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर संस्थाहरुको गन्तव्य अर्कै तिर भइरहेको छ । यसलाई रोक्न आवश्यक छ’, मन्त्री श्रेष्ठले भनिन् । सहकारी संघ संस्थाहरु सदस्यहरुको वृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्धत भएकोत...
लायन्सकाे बदमासी : प्रसूति गृह बनाउन सरकारबाट जग्गा लिएर निजीसँग सहकार्य, अहिले नर्सिङ कलेज चलाइयाे

लायन्सकाे बदमासी : प्रसूति गृह बनाउन सरकारबाट जग्गा लिएर निजीसँग सहकार्य, अहिले नर्सिङ कलेज चलाइयाे

breaking news 1, अर्थ
कुलप्रसाद काफ्लेचितवन, २३ पुस  । २१ वर्षअगाडि नै भरतपुर अस्पतालमा प्रसूति गराउनेको चापलाई मध्येनगर गर्दै भरतपुरमा एउटा प्रसुति गृहको आवश्यकता महसुस गरियाे । र, सुरक्षित र सर्वसुलभ प्रसूति सेवाको अभावमा कुनै पनि आमा र बच्चाले ज्यान गुमाउन नपरोस् भनि लायन्स क्लब अफ नारायणगढ चित्रवनले प्रसूति गृहको अवधारणा ल्यायो । सामाजिक संस्थाको रुपमा रहेको क्लबले लायन्स प्रसूति गृह निर्माणका लागि तत्कालीन भरतपुर नगरपालिकासँग जग्गा पनि माग गर्‍याे  । तत्कालीन मेयर हेमबहादुर पियाले नगरको बोर्ड बैठकबाट निर्णय गराई क्लबलाई दुई पटकमा गरी नगरवनको डेढ बिघा जग्गा दिए । क्लबलाई जग्गा दिएको २१ वर्ष पुगिसक्दा पनि प्रसूति गृह भने बन्न सकेको छैन । बरु प्रसूति गृह बनाउन महानगरले दिएको जग्गामा बालकुमारी कलेजले भवन बनाएर नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । तत्कालीन नगरपालिका...
देशमा धान उत्पादन घट्याे, तर धनुषामा भने बढ्याे

देशमा धान उत्पादन घट्याे, तर धनुषामा भने बढ्याे

Breaking news 2, अर्थ
जनकपुरधाम, २३ पुस । मुलुकमा धान उत्पादन घटे पनि धनुषामा भने वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको तथ्यांक अनुसार  चालु आर्थिक वर्षमा देशभर ५१ लाख ३० हजार टन धान उत्पादन भएकोे छ । गत वर्ष ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ५९ हजार हेक्टरमा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय टन धान उत्पादन भएको छ ।  जुन गत वर्ष भन्दा ११ हजार ४ सय ७० टन बढी धान उत्पादन भएको हो । गत आव ०७७/०७८मा ५९ हजार हेक्टरमा १ लाख ७७ हजार ३ सय ३० टन धान उत्पादन भएको थियो । धनुषामा यस वर्ष ७५ प्रतिशत सोना मंसुली र बाँकी २५ प्रतिशतमा बासमती तथा स्वर्णसब-१ ,कतरनीसहितका धान उत्पादन भएको केन्द्रका वागबानी अधिकृत प्रदीपकुमार यादवले बताए । केन्द्रीय तथ्यांक अनुसार गत आवमा धनुषामा प्रतिहेक्टर ४ टन धान उत्पादन भएको थ...