एमाले–राप्रपा गठबन्धन लोकतन्त्र विरोधी हो ः बुद्धि जिसी
एमाले–राप्रपा गठबन्धन लोकतन्त्र विरोधी हो ः बुद्धि जिसीगुल्मी , असोज २७ । नेकपा माओवाद िगुल्मीका संयोजक तथा क्षेत्र नम्वर२ , प्रदेश ख बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार बुद्धि जिसीले नेकपा एमालेले राजावादीहरु संग गठबन्धन गर्दै लोकतन्त्र र नेपाली जनताले प्राप्त गरेको उपलब्धी खोस्न खोजेको आरोप लगाएका छन् ।
आज आज सिमलटारीमा आयोजित संघीय निर्वाचन क्षेत्र न २ ख प्रदेशले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता जिसीले त्यस्तो आरोप लगाएका हुन् ।
केही समय अघि सम्म नेकपा एमाले एक्लै लड्छ , अरु जस्तो गठबन्धन गर्दैन भनेको एमालेले अहिले राप्रपा जस्तो राजावादी संग अपवित्र गठबन्धन गरिरहेको छ जिसीले भने राप्रपा जस्तो लोकतन्त्र विरोधीहरुलाई साथमा लिएर एमालेले देशको व्यवस्थानै पल्टाउन र गणतन्त्रलाईनै खतरामा पार्ने चलखेल गर्दैछ । ’
...