स्वस्थ्य

नेपालमा तीन करोड डोज खोप लगाइयो 

नेपालमा तीन करोड डोज खोप लगाइयो 

स्वस्थ्य
काठमाडौं, १३ माघ । नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ ।  जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको मन्त्रालयको विवरणमा उल्लेख छ ।  नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।  पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ डोज खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।  ...
कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड

कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड

समाचार, स्वस्थ्य
लमजुङ, ११ माघ । जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहादानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । सरकारले गत वर्षबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेसँगै लमजुङमा पनि विवरण संकलन सुरु भएको थियो । राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम सुरु भए पनि वितरण भने अहिलेसम्म हुन सकेको छैन । परिचयपत्र छपाइमा ढिलाइ हुँदा हालसम्म विवरण संकलन गरिएका कसैको पनि परिचय पत्र नआएको प्रशासनले जनाएको छ । दैनिक ६० भन्दा बढी सेवाग्राही राष्ट्रिय परिचय पत्र लिन आउने गरेको प्रजिअ वैद्यको भनाइ छ । यसअघि नागरिकता लिन आउने सेवाग्राही...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोरोना संक्रमण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोरोना संक्रमण

स्वस्थ्य
खोटाङ, ६ माघ  ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार २७ जनाको एन्टीजेन परीक्षण गर्दा एकैदिन ६ पुरुष र ६ महिलालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।  यससँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३६ पुगेको छ । सक्रिय संक्रमितमध्ये २५ पुरुष र ११ महिला रहेको नगरपालिकाले जनाएको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । हालसम्म नगरपालिकाका ९२ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।  जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ । ...
अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमतको संख्या १ सय नाघ्यो

अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमतको संख्या १ सय नाघ्यो

स्वस्थ्य
हरिप्रसाद भुसाल अर्घाखाँची, ६ माघ । अर्घाखाँची जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । आज ३१ जनामा कोभिड संक्रमण पुष्टि भएसँगै अर्घाखाँची जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय १९ पुगेको हो । आज सन्धिखर्क नगरपालिकमा १३, मालारानी गाउँपालिकामा ३, शितगंगा नगरपालिकामा १३ र पणिनी गाउँपालिकामा २ जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै अर्घाखाँची जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ६ सय २५ पुगेको छ । यस्तै कोभिडबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् । ...
उदाहरण बन्दै रोल्पाका युवाहरु

उदाहरण बन्दै रोल्पाका युवाहरु

समाचार, स्वस्थ्य
रोल्पा, ०४ माघ । बि.सं.२०४६ सालसम्म संचालित रोल्पाको लुङगरि गाउँपालिकामा रहेको जिल्लाको एकमात्र बिमानस्थल संरक्षणमा सरकारी उदासिनताले गौचरण र फोहोर मैदानमा परिणत भएको छ ।एतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट जिल्लाकै महत्त्वपूर्ण गन्तब्यको रुपमा रहेको वडाचौर क्षेत्रमा आगन्तुक पर्यटक र मङ्सिर पुर्णिामामा लाग्ने मेलाका कारण फोहोरमय बनेको छ । प्राकृतिक रुपमा सुन्दर देखिएपनी फोहोर ब्यबस्थापन नहुदा डम्पिङ साइड झै देखिने वडाचौर क्षेत्र हिजोआज भने केही स्थानीय युवा, बुद्धिजीवी, र समाजसेवीको सहयोगमा मुहार फेरिदै गएको छ । स्थानीय सरकारको ध्यान नपुगेपछी लुङगरि (५ र सुनिलस्मृती ( ३ का केही युवाहरु मिलेर वडाचौर क्षेत्रको फोहोर संकलन गरि उचित ब्यबस्थापन गरेका छन । ू वराहक्षेत्र मेला ब्यस्थापन समिति, स्थानीय सरोकारवालाको ध्यानाकर्षण गराउदापनी कुनै प्रतिक्रिया नाअएपछी हामी सामाजिक संजालमा आवहा...
जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

स्वस्थ्य
तनहुँ, १ माघ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ ।  मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले बताए ।  उनकाअनुसार प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ‘अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने । अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब अक्सिजन आवश्यक पर्ने विरामीका आफन्त अक्सिजन खोज्दै हिँड्नुपर्ने छैन । दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलिएर संक्रमणदर उच्च विन्दुमा पुगेको बेला देशभर अक्सिजनको हाहाकार भएपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न ...
काेराेना बढेपछि पुम्दीकोटमा लगाउने भनिएको महायज्ञ स्थगित

काेराेना बढेपछि पुम्दीकोटमा लगाउने भनिएको महायज्ञ स्थगित

समाचार, स्वस्थ्य
पोखरा, २८ पुस । पछिल्लो समय धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित हुँदै गरेको पोखराको पुम्दीकोटमा विशाल शिवमूर्ति निर्माणको चरण चलिरहेको छ । ४० करोड लागत स्टिमेट गरेर काम थालिएको यहाँ पैसा अभाव भएपछि ८ माघदेखि महायज्ञ लगाउने तयारी थियो । १८ माघसम्म हुने भनिएको महायज्ञ तत्कालका लागि स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रशासनको आग्रहमा महायज्ञ रोकिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । ‘मूर्तिभन्दा ठूलो कुरा मानवको स्वास्थ्य हो । भेला हुने कार्यक्रम नगर्न सरकारले भनेको छ,’ उनले भने, ‘अहिलेलाई महायज्ञ नहुने भयो । अर्को कार्यक्रम सहज भएपछि घोषणा गर्छौं ।’ अर्काे सूचना जारी नहुन्जेनसम्मको लागि उक्त महायज्ञ स्थगित भएको उनले बताए । कोरोना संक्रमण दर घटेर केही सहज हुन साथ उक्त महायज्ञ हुने समितिले जनाएको छ । मूर्ति र अ...
अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक, स्वास्थ्य सावधानी बढाउन आग्रह

अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक, स्वास्थ्य सावधानी बढाउन आग्रह

ताजा अपडेट, स्वस्थ्य
हरिप्रसाद भुसाल अर्घाखाँची, २८ पुस । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ । मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ । सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बन्द गराउन अनुरोध गरेको प्रशासनले पूर्वनिर्धारित परीक्षाहरु भने जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ । त्यस्तै सिट क्षेमताभन्दा यात्रु नबोक्न तथा हरेकपटक डाडीहरुलाई निसंक्रमण गर्न प्रशासनले अन...
बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

ताजा अपडेट, पर्यटन, स्वस्थ्य
बुटवल, २७ पुस  ।  काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ । नाकाबाट आवतजावत गर्ने सबैको कोरोना परीक्षण हुँदैन ।  केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई  जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । 'अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल  प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,' रुपन्देहीका प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले भने । अहिले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन् । पर्यटकलाई बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था छ । कोरोना पोजेटिभ द...
ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन

ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन

Breaking news 2, ब्यापार, स्वस्थ्य
पोखरा, २३ पुस । नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशको सीमानाकामा चेकजाँच गर्ने बताएको छ । संघको स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गर्न भनेपछि प्रदेशले नियन्त्रणका लागि तत्काल आवश्यक तयारी गरेको हो । शुक्रबार मन्त्री मधु अधिकारीसहितको बैठकले ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन, अक्सिजन सिलिण्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिएको छ । अधिकारीले सबैखाले महोत्सव बन्द गर्न सम्बन्धित निकायलाई जानकारी दिन सचिव मार्फत निर्देशन दिइन् । ‘मानिसको स्वास्थ्य भन्दा ठूलो अरू कुर...