ब्यापार

मूल्य वृद्धिको विरुद्धमा अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

मूल्य वृद्धिको विरुद्धमा अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

अर्थ, ताजा अपडेट, ब्यापार
काठमाडौं, ५ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो । 'पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर'लगायतका प्लेकार्ड बोकेर अखिल क्रान्तिकारीले विरोधप्रदर्शन गरेको हो । ...
ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन

ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन

Breaking news 2, ब्यापार, स्वस्थ्य
पोखरा, २३ पुस । नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशको सीमानाकामा चेकजाँच गर्ने बताएको छ । संघको स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गर्न भनेपछि प्रदेशले नियन्त्रणका लागि तत्काल आवश्यक तयारी गरेको हो । शुक्रबार मन्त्री मधु अधिकारीसहितको बैठकले ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन, अक्सिजन सिलिण्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिएको छ । अधिकारीले सबैखाले महोत्सव बन्द गर्न सम्बन्धित निकायलाई जानकारी दिन सचिव मार्फत निर्देशन दिइन् । ‘मानिसको स्वास्थ्य भन्दा ठूलो अरू कुर...
सहकारीहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंकजस्तो भए : मन्त्री श्रेष्ठ

सहकारीहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंकजस्तो भए : मन्त्री श्रेष्ठ

अर्थ, ब्यापार
काठमाडौं, २३ पुस । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबढ्ने बताएकी छन् । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला मन्त्री श्रेष्ठले कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्नेमा जोड दिइन् । शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनहरुमा सहकारी संघ संस्थाहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो भएको बताएकी छिन् । ‘पछिल्ला दिनहरुमा सहकारी उद्देश्यविहीन जस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर संस्थाहरुको गन्तव्य अर्कै तिर भइरहेको छ । यसलाई रोक्न आवश्यक छ’, मन्त्री श्रेष्ठले भनिन् । सहकारी संघ संस्थाहरु सदस्यहरुको वृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्धत भएकोत...
बैतडीमा खसी चोरको बिगबिगी

बैतडीमा खसी चोरको बिगबिगी

ताजा अपडेट, ब्यापार, समाचार
बैतडी, २१ पुस ।   बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भयाे । स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए । राति २ बजेतिर आएकाे अज्ञात समुहले खसीहरू लगेको उनका छोरा मनोज चन्दले बताए । उनले भने, ‘बुबा-आमा र बहिनी घरमा थिए । बाहिरबाट आएका व्यक्तिहरूको समूहले उनीहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन् ।’ दुई वटा खसीकाे मुल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए । यसअघि पनि गाउँमा पटक पटक खसी चाेरी भएकाे उनले बताए । उनले भने, ‘यसरी पटक पटक गाउँबाट खसी चाेरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । चाेरी राेक्न प्रहरी प्रशासन चनाखो हुनु पर्याे । सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्याे ।’ प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भैरहेको जनाएको छ । गतसाता दशरथचन्द नगरपालिका-४ बाडीलेकका ए...
नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट

नेप्सेमा ६९ दशमलव ७७ अंकको उच्च गिरावट

अर्थ, ब्यापार
काठमाडौं, १२ पुस । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।  साेमबार कोरोबार रकममा भने वृद्धि भएको छ । आज २३८ कम्पनीको ६७ हजार ७६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल पाँच अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार पाँच अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी कारोबार नबिल बैंक रहेको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।    आज कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएको छन् । आज शून्य दशमलव ६ प्रतिशतदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।नेप्सेका अनुसार आज दुई कम्पनीको से...
चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

breaking news 1, अर्थ, ब्यापार
काठमाडौं, ११ पुस  । बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ । चालु पुँजी कर्जा धेरै गएर आयातमा वृद्धि भई शोधनान्तरमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन २०७८ जारी गर्ने लागेको छ ।  राष्ट्र बैंकले चालु पुँजी कर्जा व्यवस्थित गर्नका लागि मार्गदर्शनको मस्यौदा तयार गरी सरोकारवालाहरूसँग सुझाव माग गरेको छ । मार्गदर्शनमा चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यले बैंक तथा वित्तीय संस्थाहरूको चालु पुँजी कर्जामा एकरूपता कायम गर्ने, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउने र कर्जा सदुपयोग यकिन गर्न सकिने आधारभूत पद्धति विकास गर्न सहज हुने प्रावधान तोकिएको छ ।  मस्यौदामा बैंक तथा वित्तीय संस्थाले कुनै पनि कम्पनीलाई चालु पुँजी कर्जा दिँदा कम्...
दुई भोटले पराजित गच्छदारले दिए पुन: मतगणना माग गर्दै निवेदन

दुई भोटले पराजित गच्छदारले दिए पुन: मतगणना माग गर्दै निवेदन

Breaking news3, ताजा अपडेट, ब्यापार
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् ।  देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् ।  निर्वाचन समितिले देउवाले निवेदन दिएको बताएको छ ।  'मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छ' निर्वाचन समितिका एक सदस्यले भने । गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् । ...
चलमलाउँदै चितवनकाे व्यापारिक गितिविध, पुसभर मेला महोत्सव

चलमलाउँदै चितवनकाे व्यापारिक गितिविध, पुसभर मेला महोत्सव

ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार
कुलप्रसाद काफ्लेचितवन, ३ पुस । मंसिरलाई विवाहको महिनाका रुपमा लिएजस्तै याे वर्ष चिनवत पुसभर मेला महोत्सवमय बन्ने भएकाे छ । चितवनमा पुस महिनामा मात्रै तीन महोत्सव र एक प्रदर्शनी हुन लागेका हुन् ।  चितवन उद्योग संघको आयोजनामा शुक्रबारदेखि छैँटौँ औद्योगिक प्रदर्शनी सुरू भएको छ । संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा भएको औद्योगिक प्रदर्शनीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी हुन् । ४ पुससम्म चल्ने प्रदर्शनीमा भारतीय ५० सहित दुई सय वटा स्टल रहेका छन् । उद्योग तथा व्यवसाय गर्न चाहने नवउद्यमीलाई प्रदर्शनी फलदायी हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा प्रवेश निःशुल्क छ । पूर्वी चितवनकोे राप्तीमा पहिलो पटक गड्यौली महोत्सव हुने भएको छ । गड्यौली भिलेज प्रालिको आयोजनामा १४–२४ पुससम्म हुने महोत्सवमा सय वटा स्टल रहने आयोजकले जनाएको छ । ‘...
उटै ढुंगामा ८० फिट उचाईँको वुद्धकाे मूर्ति, लागत पाँच कराेड

उटै ढुंगामा ८० फिट उचाईँको वुद्धकाे मूर्ति, लागत पाँच कराेड

अन्य, ताजा अपडेट, ब्यापार
सिन्धुपाल्चाेक, ३ पुस  । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ भोटेनाम्लाङ्गमा एउटै ढुंगामा ८० फिट उचाईँको  बुद्वको मूर्ति निर्माण गरिने भएको छ । पाँचपाेखरी गाउँपालिका, बागमती प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागकाे ५ करोड लागतमा मूर्ति स्थापना गरिन लागिएको हो । एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्ने छन् । ठूलो ढुंगासहित पालिकाभित्र रहेको पाचँपोखरी, हबेली, ड्रागन गुफा, नागिथाम डाँडा लगायत पर्यटकीय स्थलको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन बुद्ध मूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।  मूर्ति दुई वर्षसम्म निर्माण गरिनेछ । ढुंगामा मूर्ति कोर्न मात्रै २ करोड लाग्ने आँकलन गरिएकाे लामाले बताए । ८० फिटको ...
नेप्सेमा ३७ दशमलव ८७ अंकको गिरावट

नेप्सेमा ३७ दशमलव ८७ अंकको गिरावट

अर्थ, ब्यापार
काठमाडौं, १ पुस । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले ओरालाे लागेकाे छ । बिहीबार नेप्से ३७ दशमलव ८७ अंकले घटेर दुई हजार तीन सय ७६ दशमलब ७४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।  २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ३० करोड १७ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । बैंकले ९३ करोडभन्दा बढीको कारोबार भएको छ ।  कारोबारमा आएका उपसूचकमा म्यूचल फण्डबाहेक सबै समूहको सूचक राताम्मे देखिएका छन् । बिहीबार बजार घटे पनि एक कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ । यस कम्पनीको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेकाे  छ ।   नेप्सेका अनुसार कारोबार भएका कम्पनीहरूमध्ये ग्रिनलाइफ हाइड्रोप...