Breaking news 2

विद्यार्थी मृत्यु प्रकरण : पीडित परिवार कानुनी उपचारमा जाने भएसँगै १५ घण्टापछि निषेधाज्ञा हट्यो

विद्यार्थी मृत्यु प्रकरण : पीडित परिवार कानुनी उपचारमा जाने भएसँगै १५ घण्टापछि निषेधाज्ञा हट्यो

Breaking news 2, समाचार
लमजुङ,२६ फागुन । लमजुङको सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि लगाइएको निषेधाज्ञा १५ घण्टापछि हटेको छ । पीडित पक्षले प्रहरीमा लिखित जाहेरी दिने र प्रहरीले कानुनी उपचार खाेज्ने सहमति भएपछि राति ९ बजे निषेधाज्ञा हटेकाे हाे ।  लमजुङ क्षेत्रमा निषेधाज्ञा जारी भएपछि पीडित पक्षले बाइसजाँगरमा टायर बालेर प्रदर्शन गर्दै दिनभर सडक अवरुद्ध पारेका थिए । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगर घर भइ लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने  क्रममा ज्यान गएपछि तनाव सिर्जना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार सहमतिअनुसार घटनाको सूक्ष्म तरिकाले गम्भीर अनुसन्धान हुने, शव पोस्टमार्टम गर्ने, प्रहरीमा पीडितले लिखित जाहेरी दिनेछन् ।यसअघि नियन्त्रमा लिइएका फ्युचर स्टार ...
नवलपरासी अटो चालकको हत्या आशंकाः यस्तो छ वडाध्यक्षको वयान

नवलपरासी अटो चालकको हत्या आशंकाः यस्तो छ वडाध्यक्षको वयान

Breaking news 2
बुटवल , माघ १८ । सोमबार विहान मृत फेला परेका नवलपरासी ( पुर्व ), कावासोतीका एक जना अटोचालकको हत्या भएको आशंका प्रहरीले गरेको छ ।कावासोती नगरपालिका–१३ नयाँ वस्ती गैरीमा बसोबास गर्ने ५२ बर्षीय अटोचालक माधवप्रसाद गिरि घर देखि नजिकै पर्ने ( घोला ) ढावा –तलाउमा गाडिएको र शव माथीबाट केराका पात लगायत तलाउमा उम्रिने झारहरुले छोपेको अवस्थामा फेला परेका थियो ।त्यस वडाका वडाध्यक्ष विनोद राना मगरले भने–‘ त्यस स्थानबाट आज विहानै एक जना वडा सदस्यको फोन आयो । खाली अटो नहरमा पल्टेको छ भनेर । त्यस पछि हामीले प्रहरीलाई फोन गरियो । प्रहरी सहित हामी पुग्दा अटो नहर ( नाली ) मा फसेको थियो । त्यस देखि पुर्व दक्षिण करिव सय मिटर दुरीमा पर्ने खेत बारीमा पैसा छर्पस्ट छरिएको अवस्थामा देख्यौं । मोवाईल सेट , जुत्ता पनि देख्यौं । घटना थप शंका स्पद लाग्यो र प्रहरीले बागमति प्रदेश प्रहरी हेटौंडाबाट बिशेष तालिम प्...
लिपुलेक माथि भारतले गरिरहेकाे दावाबारे वार्ता गर्न कांग्रेस उपसभापति गुरुङकाे माग

लिपुलेक माथि भारतले गरिरहेकाे दावाबारे वार्ता गर्न कांग्रेस उपसभापति गुरुङकाे माग

Breaking news 2, राजनीति
काठमाडाैं, २७ पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले  भारतले लिपुलेकसम्म सडक बनाइरहेकाे विषयलाई 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा' भनेका छन् । यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेकाे उपभापति गुरुङले सरकारसँग माग गरेका छन् . उनले लेखेका छन्, 'पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।' ...
ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, संसदको गतिरोध र एमसीसीबारे छलफल

ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, संसदको गतिरोध र एमसीसीबारे छलफल

Breaking news 2, राजनीति
काठमाडौं, २४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । तस्बिर : गोविन्द परियार प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।    भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताए । भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् । एमालेले कारवाही गरेका माधव नेपालसहित १४ संसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारवाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन न...
ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन

ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन

Breaking news 2, ब्यापार, स्वस्थ्य
पोखरा, २३ पुस । नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशको सीमानाकामा चेकजाँच गर्ने बताएको छ । संघको स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गर्न भनेपछि प्रदेशले नियन्त्रणका लागि तत्काल आवश्यक तयारी गरेको हो । शुक्रबार मन्त्री मधु अधिकारीसहितको बैठकले ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन, अक्सिजन सिलिण्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिएको छ । अधिकारीले सबैखाले महोत्सव बन्द गर्न सम्बन्धित निकायलाई जानकारी दिन सचिव मार्फत निर्देशन दिइन् । ‘मानिसको स्वास्थ्य भन्दा ठूलो अरू कुर...
देशमा धान उत्पादन घट्याे, तर धनुषामा भने बढ्याे

देशमा धान उत्पादन घट्याे, तर धनुषामा भने बढ्याे

Breaking news 2, अर्थ
जनकपुरधाम, २३ पुस । मुलुकमा धान उत्पादन घटे पनि धनुषामा भने वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको तथ्यांक अनुसार  चालु आर्थिक वर्षमा देशभर ५१ लाख ३० हजार टन धान उत्पादन भएकोे छ । गत वर्ष ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ५९ हजार हेक्टरमा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय टन धान उत्पादन भएको छ ।  जुन गत वर्ष भन्दा ११ हजार ४ सय ७० टन बढी धान उत्पादन भएको हो । गत आव ०७७/०७८मा ५९ हजार हेक्टरमा १ लाख ७७ हजार ३ सय ३० टन धान उत्पादन भएको थियो । धनुषामा यस वर्ष ७५ प्रतिशत सोना मंसुली र बाँकी २५ प्रतिशतमा बासमती तथा स्वर्णसब-१ ,कतरनीसहितका धान उत्पादन भएको केन्द्रका वागबानी अधिकृत प्रदीपकुमार यादवले बताए । केन्द्रीय तथ्यांक अनुसार गत आवमा धनुषामा प्रतिहेक्टर ४ टन धान उत्पादन भएको थ...
प्रदेश २ : आन्तरिक मामिला राज्यमन्त्रीको सवारी दुर्घटना

प्रदेश २ : आन्तरिक मामिला राज्यमन्त्रीको सवारी दुर्घटना

Breaking news 2, ताजा अपडेट, राजनीति
सप्तरी, २१ पुस ।   प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण दुर्घटनामा परेकि छन् । उनी सवार ज१झ ४०६ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो ।   बुधबार साँझ सप्तरीको विष्णुपुर गाउँपालिका–७ नहर चोकस्थित भित्री सडकखण्डमा गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिइन् । साँघुरो बाटोमा मोड्न खोज्दा गाडी अचानक पल्टिएर खेतमा पुगेको उनले बताइन् । राज्यमन्त्रीसहित गाडीमा उनका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए । दुर्घटनामा केहीलाई सामान्य चोपटटक लागेको र राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारपछि घर पठाइएको छ ।  राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको हत्या...
प्रधानमन्त्री देउवाले गरे विकास निर्माणबारे सचिवहरूसँग छलफल

प्रधानमन्त्री देउवाले गरे विकास निर्माणबारे सचिवहरूसँग छलफल

Breaking news 2, राजनीति
काठमाडौं, २१ पुसप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् ।  बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सचिवहरूसँग छलफल गरेका हुन् । उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिएका थिए । ...
यी हुन् माओवादी केन्द्रका खुलातर्फ चयन भएका केन्द्रीय सदस्य

यी हुन् माओवादी केन्द्रका खुलातर्फ चयन भएका केन्द्रीय सदस्य

Breaking news 2
काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिन आइतबार १ सय ११ जना खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी महाधिवेशनमा १ सय ११ जना खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएका हुन् । हेर्नुहोस् खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएकाहरुको नामावली :  १. नेपबहादुर थारु चौधरी२. लक्ष्मणदत्त जोशी३. शरदसिंह भण्डारी४.  खगराज भट्ट५. नरेन्द्रबहादुर कुँवर६. त्रिलोचन भट्ट७. माधव सापकोटा८. युवराज चौलागाईं९. लेखनाथ दाहाल१०. शालिकराज जमकट्टेल११. श्यामकुमार श्रेष्ठ१२. हरि दाहाल१३. महेश्वर दाहाल१४. हेमलाल शर्मा१५. सन्तकुमार दराई१६. हितमान शाक्य१७. कृष्णप्रसाद सापकोटा१८. धर्मदत्त देवकोटा१९. मुक्ति प्रधान२०. ईश्वरीप्रसाद भण्डारी२१. सुनील मानन्धर२२. हरिबोल गजुरेल२३. पुष्पकमल दाहाल प्रचण्ड२४.  दिलिप महर्जन२५. सुद...
ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइँदै

ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइँदै

Breaking news 2, शिक्षा
दिलमाया शाही जुम्ला, १२ पुस । जुम्लामा सञ्चालित ट्युसन सेन्टरका बालबालिकालाई  मोर्डना खोप लगाइने भएको छ । ट्युसन पढ्न आएका बालबालिकालाई सेन्टरमै पुगेर  खोप लगाइने भएको हो ।  विश्व व्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई खोप लगाइने चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ  । जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टर छन् । त्यहाँ  अध्ययनरत १२ वर्षदेखि १७ वर्ष ११ महिना २९ दिनका अर्थात् १८ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले  बताए ।   उनका  अनुसार सोमबार ट्युसन सेन्टरमा अध्ययनरत बालबालिका सहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाइसकिने छ । म...