Breaking news3

पहाडी भू–भागमा आंशिक बदली रहने,केही स्थानमा हल्का हिमपातको सम्भावना

पहाडी भू–भागमा आंशिक बदली रहने,केही स्थानमा हल्का हिमपातको सम्भावना

breaking news 1, Breaking news3, पर्यटन
काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।शुक्रबार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको हो ।आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।शुक्रबार बेलुका लुम्बिनी र वागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थान...
न्यून चापीय प्रणालीकाे प्रभाव, अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङ सहित वर्षाकाे सम्भावना

न्यून चापीय प्रणालीकाे प्रभाव, अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङ सहित वर्षाकाे सम्भावना

Breaking news3, समाचार
काठमाडाैं, २६ फागुन । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ । अन्य क्षेत्रमा मौसम सफा  छ । दिउँसो पहाडी भूभागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । ...
कोशी कोरिडोर निर्माणले उजाड टिएमजे (तस्बिरहरूसहित)

कोशी कोरिडोर निर्माणले उजाड टिएमजे (तस्बिरहरूसहित)

Breaking news3, समाचार
धनुकटा, २४ पुस  । प्रदेश १ मा राष्ट्रिय गौरवको कोशी कोरिडोर विद्युत प्रशारण लाइन विस्तार भइरहेको छ। निर्माणाधीन कोशी कोरिडोर २२० केभीए विद्युत प्रशारण लाइन विस्तारका क्रममा २५ हजारभन्दा बढी रुख काँटिने भएको छ। गुराँसको राजधानीका रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) को मध्यभागबाट विद्युत प्रसारण लाइन विस्तार हुने भएपछि यसले नकारात्मक प्रभाव पार्ने भन्दै विकल्पको खोज्न स्थानीयले माग गरेका छन् । टिएमजेको वन क्षेत्रमा ठूलो संख्यामा रुख काँटिदा पर्यटन र पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्। गुराँस र हरियो वनका कारण फस्टाएको यहाँको पर्यटन व्यवसाय रुख कटानपछि खस्किने आशंका स्थानीयको छ। विद्युत विस्तार गर्दा वन क्षेत्र जोगाएर लैजान सकिने अवस्था हुँदाहुँदै पनि आयोजना कार्यालयले घना वन क्षेत्र नै फडानी गरे...
सुनसरी एमालेमा भण्डारीलाई छेक्न यस्ताे रणनीति, को कति बलियो ?

सुनसरी एमालेमा भण्डारीलाई छेक्न यस्ताे रणनीति, को कति बलियो ?

Breaking news3, राजनीति
प्रकाश तिम्सिनासुनसरी, २३ पुस । नेकपा (एमाले) सुनसरीकाे जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि आकांक्षी बढेका छन्  । अध्यक्षका लागि यसअघि तीन जनाले मात्रै दाबी गरिरहे पनि थप एक जना बढेका छन् । अध्यक्षमा दाबी गर्नेमा पूर्वसंविधानसभा सदस्य रेवती रमण भण्डारी, जिल्ला अध्यक्ष खेमराज पोखरेल र इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी छन् । प्रदेश सदस्य तथा इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईँले पनि अध्यक्षमा दाबी गरेका छन् । नेतृत्व चयनका लागि सहमतिको बाटो खाेजिरहँदा आकांक्षी बढेपछि थप दबाब परेको छ । नेतृत्व लिन तयार रहेकामध्ये चौधरी, पोखरेल, भण्डारी जिल्ला पदाधिकारीमा बसेर काम गरिसकेका छन् भने चौंलागाई नयाँ अनुहार हुन् ।  को कति बलियो ? वर्तमान जिल्ला अध्यक्ष खेमराज पोखरेलले सहमतिबाटै आफू पुन: नेतृत्वमा दाेहाेरिन चाहेका छन् । यसअघि उपाध्यक्ष...
जनताले छिटो छरितो सेवा नपाएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

जनताले छिटो छरितो सेवा नपाएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

Breaking news3, राजनीति
काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार मन्त्री र सचिवसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले जनतालाई छिटो छरितो सेवा दिन निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन नसकेको उनको भनाइ थियो ।  प्रधानमन्त्री देउवाले कृषि प्रधान देशमा मलको समस्या भएकाले यसको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । उनले अत्यावश्यक सेवामा ढिलाइ गर्न नहुने बताए ।  ‘हाम्रो कृषि प्रधान देश भएकाले मलको समस्या छ । हामीले मल अभाव हुन दिनु हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘हामी सबैले मलखादका लागि पर्नुपर्छ, अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो ।’  ...
निमित्त वन निर्देशक बिष्टविरुद्ध ७ करोड भ्रष्टाचारको मुद्दा

निमित्त वन निर्देशक बिष्टविरुद्ध ७ करोड भ्रष्टाचारको मुद्दा

Breaking news3, अर्थ
काठमाडौं, २१ पुस  ।  सुदुरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढीका  निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करिब सात करोड भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिष्टउपर   ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरेको जानकारी दिएको छ ।  बिष्टविरुद्ध बिगो  ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, ...
एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि

एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि

Breaking news3, ताजा अपडेट, राजनीति
काठमाडौं, ११ पुस  । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चारवटा पार्टीको महाधिवेशनमा सहभागी भएका छन् । एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी भएका हुन् । यही बीचमा नेपाली कांग्रेसको १४औं महाधिवेशनसमेत सम्पन्न भयो । आफ्नै पार्टीको महाधिवेशनमा देउवा सहभागी नहुने कुरै भएन । देउवा पहिलोपल्ट १०–१३ मंसिरमा चितवनमा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका थिए । प्रधानमन्त्री भएपछि देउवा र एमाले अध्यक्ष केपी ओलीको महाधिवेशनकै मञ्चमा भेट भएको थियो । ओलीले देउवालाई हातमा समातेर लगेका थिए । त्यसपछि १५–१७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको राप्रपाको महाधिवेशनको उदघाटन सत्रमा अतिथिका रूपमा उपस्थित भएका थिए । नेपाली कांग्रेसको सभापतिको रूपमा देउवालाई आमन्त्रण गरिएको थियो । उनले अ...
गणतन्त्र, संघीयता र समावेशी धरापमा पर्न थाल्यो : उपेन्द्र यादव

गणतन्त्र, संघीयता र समावेशी धरापमा पर्न थाल्यो : उपेन्द्र यादव

Breaking news3, छत्रकोट गाउँपालिका, राजनीति
काठमाडौं, ११ पुस  ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता र समावेशी नै धरापमा पर्न थालेको हो कि भन्ने लाग्न थालेको बताए । राजनीतिक उपलब्धी रक्षाका लागि संविधान संशोधन र परिमार्जन अतिआवश्यक भएको भन्दै उनले अबको सरकारले अघिल्लो सरकारको गल्ती कमजोरी बताएर मात्र नभएर सबैको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।  संघीयता, समावेशी र गणतन्त्रको विकल्प हुनै नसक्ने भन्दै उनले संसदमा अवरोध गर्नुको कुनै तुक नरहेको बताए ।  ‘माधवकुमार नेपाल यही हुनुहुन्छ । काठमाडौंमै हुनुहुन्छ’, उनले भने, ‘अब संसदमा अवरोध गरेर केही प्राप्त हुँदैन ।’ माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्या...
दुई भोटले पराजित गच्छदारले दिए पुन: मतगणना माग गर्दै निवेदन

दुई भोटले पराजित गच्छदारले दिए पुन: मतगणना माग गर्दै निवेदन

Breaking news3, ताजा अपडेट, ब्यापार
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् ।  देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् ।  निर्वाचन समितिले देउवाले निवेदन दिएको बताएको छ ।  'मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छ' निर्वाचन समितिका एक सदस्यले भने । गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् । ...
३५ खुला केन्द्रीय सदस्यको मतगणनामा ११ मा शेखरपक्षको अग्रता

३५ खुला केन्द्रीय सदस्यको मतगणनामा ११ मा शेखरपक्षको अग्रता

Breaking news3, ताजा अपडेट, राजनीति
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको जारी खुला तर्फका केन्द्रीय सदस्यको मतगणनामा शेखर कोइराला पक्षका ३५ मध्ये ११ जना जनाले अग्रता बनाइरहेका छन् ।  शनिबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापतिमा पराजित कोइराला पक्षका ११ जना ३५ जनाभित्र रहेरका हुन् यद्पी मतगणना जारी रहेको छ ।  शेखर पक्षका उम्मेदवार शशांक कोइराला शीर्ष स्थानमा छन् । उनलाई शेरबहादुर देउवापक्षले पनि आफ्नो उम्मेदवार बनाएको थियो । त्यस्तै शेखरपक्षका अर्जुननरसिंह केसी ५८६ मतसहित आठौं स्थानमा रहेका छन् । यस्तै, डा रामशरण महत ५२९ मतसहित १३औं स्थानमा रहेका छन् । दिलेन्द्र बडु ५१३ मतसहित १८औं, दीपक गिरी ४६२ मतसहित २१औं र डा गोविन्द पोखरेल ३६४ मतसहित २७औं स्थानमा रहेका छन् । अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, बीरेन्द्र कनोडिया र सञ्जय गौतमले ३५६ मत ल्याएका छन् । सिवाकोटी, कोइराला र गौतम शेखरपक्ष...