गुल्मी विशेष

पत्रकारका नाममा बिज्ञापनको लुट

पत्रकारका नाममा बिज्ञापनको लुट

breaking news 1, गुल्मी विशेष, समाचार
गुल्मी ११ फागुन । स्थानीय सरकार बने पछि जिल्लाको सुचिकृत सक्रिय पत्रकार हुनै परेन ।त्यो पनि छाडौ उसले कुनै पनि मिडियामा काम पनि गर्नै परेन । सघियता लागू नहुनु अघि सम्म सबिक जिल्ला बिकास समिती देखि हरेक कार्यालयहरुले जिल्लामा सुचिकृत सकृय पत्रकारहरूलाई मात्र सुचनाहरु आलोपालो दिने गर्दथे । जब स्थानिय तहको निर्बाचन भयो तब आफुले चिने जानेका दाइ भाइ भिनाजु, काका काकी र मामाहरु सरकार प्रमुख, उपप्रखु भए । अझ उनिहरु आफ्नै पार्टिको नेता समेत भए । त्यस पछि सुरु हुन थाल्यो बिज्ञापनको लुट । बिज्ञापन मात्र हो र भिडियो डकुमेन्ट्रीका नाममा पहिलो बर्ष मै जिल्ला बाहिरका छट्टुहरुले कतिपय पालिकाहरुलाइ पाँच लाख सम्मको मुर्गा बनाए ।त्यस पछि क्यालेन्डर छपाइका नाममा विभिन्न दलका सङ्ग्ठनको सकृयता बढन थाल्यो ।आर्थिक बर्षको अन्त्यतिर असारे पत्रिकाहरु बुटवलमा निक्लन थाले । पुराना र आधिकारिक पत्रिका र पत्रकारहरु ओठ ...
गुल्मी कांग्रेसले संगठनको तौरतरिका बदल्दैछ ः सभापति पन्थी

गुल्मी कांग्रेसले संगठनको तौरतरिका बदल्दैछ ः सभापति पन्थी

गुल्मी विशेष, राजनीति
प्रेम सुनारगुल्मी, पुस २९ । नेपाली काङ्ग्रेस गुल्मीले आज जिल्ला पार्टी कार्यालय तम्घासमा पत्रकार सम्मेलन गरि जिल्ला देखि वडा स्तर सम्म प्रबिधि मैत्री बनाउने उदघोष गरेको छ । हामिले यहाँ बाट पुर्तिघाट्को काङ्ग्रेस लाई हुलाक बाट पत्रचार गर्दा कति दिन लाग्ला रु यस्तो प्रतिप्रश्न गर्दै पार्टि सभापति खिलध्वज पन्थीले भने जिल्लाका ९३ वटै वडामा पार्टी कार्यालय , कम्युटर र ईन्टरनेटको पहुँच पुराइ सबै गतिविधिको अपडेट आदन प्रदान गर्नेछौ । उनले गुल्मी काङ्ग्रेस प्रबिधि मैत्री बनाउन लागिएकोले कार्यकर्ता स्वयं पनि प्रबिधि मैत्री हुनु पर्नेमा जोड दिए । पुरानो परिपाटी बाट अब गुल्मी काङ्ग्रेसका कुनै पनि गतिविधि नचल्ने बताउदै उनले भने–‘ अब हामी विधि र बिधानलाइ काङ्ग्रेसको प्राण ठानेर नयाँ र चुस्त गति संघ अगाडि बढ्दै पहिलो पार्टी बनाउने छौ ।’ उनले आठौं अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिको पहिलो बै...
गुल्मी एमाले अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित

गुल्मी एमाले अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित

गुल्मी विशेष, राजनीति
न्युज कारखाना गुल्मी, २५ पुस । नेकपा एमाले गुल्मीको ११ अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ । अघिल्लो जिल्ला कमिटीमा काउछा उपाध्यक्ष र श्रीपाली सचिवालय सदस्य रहेका थिए । निर्वाचन अधिकृत गोपाल खनालका अनुसार उपाध्यक्षमा हिरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनयन दर्ता गरेका छन् । भने उप–सचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्री आचार्य र केशव बहादुर चन्दले मनोनयन दर्ता गराएको खनालले जानकारी दिए । अहिलेसम्म अध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरू सर्वसम्मत टुङो लागेको एमाले नेता ओम कार्कीले जानकारी दिए । उपाध्यक्ष र उपसचिवसहित केही सदस्य पद पनि सर्वसम्मत बनाउने प्रयास भएको कार्कीले बताए । ११औं जिल्ला अधिवेशनको लागि सात सय १० प्रतिनिधि रहेका छन् । प्रदीप ज्ञवाली र गोकर्ण विष्ट जिल्लाको एमाले नेतृत्व सर्वसम्मत बनाउन क...
गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि

गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि

अर्थ, गुल्मी विशेष, समाचार
गुल्मी, २१ पुस । गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा १२.४ प्रतिशत उत्पादनमा वृद्धि भएको हो । अहिले पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गत वर्ष चार सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन गरिएको थियो । अहिले पाँच सय ३९ हेक्टरमा सुन्तला उत्पादन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । उत्पादकत्व गत वर्ष १०.७५ मेट्रिक टन र यो वर्ष ११.२० मेट्रिक टन उत्पादकत्व रहेको छ । यो वर्ष उत्पादन बढ्नुमा उत्पादन क्षेत्रफलमा वृद्धि, फल पातलो भए पनि फलको आकार ठूलो भएको, बगैँचा व्यवस्थापनमा सचेतना बढ्नु, मौसम अनुकूल हुनु र फल्ने बोटको संख्यामा वृद्धि भएको भण्डारीले बताए । अहिले करिब १० करोड ८० लाख सुन्तला...
पाल्पामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु अन्य गम्भीर घाइते

पाल्पामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु अन्य गम्भीर घाइते

breaking news 1, गुल्मी विशेष, ताजा अपडेट
अर्जुन नेपालीगुल्मी १८ पौष । पाल्पामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु अन्य गम्भीर घाइते भएका छन् । बुटवलको देवी नगर वाट सब लिएर आउँदै गर्दा पाल्पाको लगुवा मा लु १ ख ७२७९ नं को बस दुर्घटना भएको हो । तिब्र गतिका कारण बस दुर्घटना मा परेको बताईएको छ। बसमा करिब ३५ जना सवार रहेको घटना स्थल मा उद्धार का निम्ति खटिनु भएका राम बहादुर ले जानकारी दिनुभएको छ । गम्भीर घाइते हरुलाई उपचारका लागि अस्पताल लागिसकेको छ ।अर्घाखाँचीको मालारानी गाउँपालिका २ कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।बसमा अर्घाखाँची मालारानी २ का धेरै व्यक्ति सवार रहेको बताइएको छ । ...

गुल्मीदरबार गाउँपालिका स्थानीय तह करार कर्मचारी हकिहत मञ्च गठन

गुल्मी दरबार गाउँपालिका, गुल्मी विशेष, समाचार
गुल्मी १६ पौष । स्थानीय तह करार कर्मचारी हकिहत मञ्च गुल्मीदरबार गाउँपालिका गुल्मीले प्रथम सम्मेलन आज गुल्मीदरबार गाउँपालिकाको सभा हलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल निजामती कर्मचारी संगठन गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा, नेपाल निजामति कर्मचारि युनियन संघ गुल्मीदरबार गाउँपालिकाका सल्लाहकार नवराज घिमिरे र सचिव तेजेन्द थापा रहनु भएको थियो । सो कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै दिल बहादुर थापाले करारमा रहेका कर्मचारीका लागि विभिन्न बुदागत आफ्ना भनाइ राख्दै नयाँ बन्ने कार्यसमितिलाई बधार्इ तथा शुभकामना समेत दिनुभएको थियो । घिमिरेले पनि आफूहरु जहिले पनि करार कर्मचारीको रुपमा नहेरेर एउटै मंचमा बसेर काम बताए र कर्मचारी यूनियनले हरेक कार्यमा समेत साथ दिने बताएका छन् । यसै गरी नयाँ कार्य समिति चयन भएको छ सुरेश खनालको अध्यक्षतामा एक्काइस सद...
गुल्मीका कांग्रेस नेता चन्द्र बहादुर के.सी.ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

गुल्मीका कांग्रेस नेता चन्द्र बहादुर के.सी.ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

गुल्मी विशेष, ताजा अपडेट, राजनीति
गुल्मी, २३ मंसिर । नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति तथा गुल्मी जिल्ला विकास समितिका पूर्व सभापति, नेपाली कांग्रेसका नेता चन्द्र बहादुर के.सी.ले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । गुल्मीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित के.सी.ले खुल्लमबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए । के.सी.ले जिल्ला बासीहरुको लागि आफ्नो स्वार्थमा नलागेर समाजलाई राम्रो बनाउनु पर्दछ भनेर सधै लागेको र समाजमा रहेका दुःखी पिडितको लागि आफुले सक्ने सहयोग गर्दै आएका के.सी.ले न्यून हुॅंदै गएको राजनैतिक संस्कृति, संस्कारलाई बचाउन, विकृति र विसंगतिले भरिएको राजनीतिको अन्त गरि गरिबमुखि राजनीति माथि उठाउनका लागि उम्मेदवारी दिएका छन् । ...
आज धनु राशीका ग्रह बलिया, सिंहलाई परिवारबाट सहयोग प्राप्त हुने

आज धनु राशीका ग्रह बलिया, सिंहलाई परिवारबाट सहयोग प्राप्त हुने

गुल्मी विशेष, शिक्षा
काठमाडौं,  १७ मंसिर । आजको पात्रो : १७ मंसिर, शुक्रबार । ३  तदनुसार डिसेम्बर । मार्गशीर्ष कृष्णपक्ष बालाचर्तुदशी, देशभरका शिवालयहरुमा शतबीज छर्ने दिन हो । विशेषगरी पशुपति क्षेत्र र कैलाश पर्वतमा आफ्ना दिवंगत आफन्तजनको सम्झनामा अन्नको मिश्रण गरेर शतबीज छर्ने गरिन्छ । विशाखा नक्षत्र,अतिगण्ड योग र  चन्द्रमा तुला राशिमा छ । आज सूर्योदय बिहान ६ः४० मिनेटमा हुनेछ भने सूर्यास्त साँझ १७ः०६ मा हुनेछ । आजको देवता आजको देवता र ग्रहदेव दुवै चन्द्र छन् । आज ११ः३६ देखि ११ः५४ सम्मको समयमा राहू रहेको छ । ११ः३३ पछिको समय अभिजीत महूर्त सुरु हुनेछ । कुनै पनि शुभ कामका लागि यो मुहूर्त शुभ मानिन्छ ।   शुक्रबारको दिन मनोरन्जनात्मक कामका उत्तम दिन हो । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन रोजगारीको क्षेत्रमा तपाईँलाई नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको शिवालयमाको या...
कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन सुरु

कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन सुरु

गुल्मी विशेष, ताजा अपडेट, राजनीति
बुटवल, १६ मंसिर । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन बिहीबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । अधिवेशनको नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका छन् ।उनले मुलुकको नेतृत्व कांग्रेस बाहेक अरू कसैले गर्न नसक्ने बताए । उनले लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसको नेतृत्व मुलुकका लागि अपरिहार्य रहेको भन्दै कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने दाबी गरे । कांग्रेसले जस्तोसुकै कठिन परिस्थितिका  बाबजुद पनि मुलुक र नागरिकप्रतिको आफ्नो दायित्व निर्वाह गरेको भन्दै गृहमन्त्री खाणले लोकतान्त्रिक मूल्य र मान्यताको विरुद्धमा कांग्रेसले कहिल्यै घुँडा नटेक्ने पनि बताए । उनले जनताको इच्छा र आकांक्षा पूरा गर्ने दायित्व सरकारको रहेको भन्दै त्यो दायित्व पूरा गरेरै छाड्ने बताए । गृहमन्त्री खाणले  मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने कुरामा सरकारले कुनै कस...