राजनीति

किसुनजी स्मृति म्याराथन चैत्रमा हुने

किसुनजी स्मृति म्याराथन चैत्रमा हुने

राजनीति
काठमाडौं, ९ फागुन । नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्त्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता १९ चैत्रमा हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको (किसुनजी) को स्मृतिमा संघले दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।  अनुमानित ११ लाख लागत रहेको प्रतियोगिताका विजयी खेलाडीहरूले नगद ५० हजार, उपविजयी खेलाडीहरूले नगद ३० हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २० हजार प्राप्त गर्ने छन् ।  अघिल्लो संस्करणको तुलनामा यस पटक पुरस्कार राशिलाई दोब्बर बनाइएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङले जानकारी गराए ।  प्...
एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयो : मन्त्री कार्की

एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयो : मन्त्री कार्की

ताजा अपडेट, राजनीति
काठमाडौं, ५ फागुन । सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए । बहस अझै जारी नै रहने भएकाले भोलि पुनः यस विषयमा छलफल हुने उनले बताए । ‘आज गम्भीर विषयमा गम्भीर छलफल भयो । भोलि बिहान १० बजे पुन: बैठक बस्ने छ,’ उनले भने । उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्‍याउने भन्नेबारे छलफल भएको बताए । उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल हुने बताएका छन् । ...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट शुक्रबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट शुक्रबार बस्ने

ताजा अपडेट, राजनीति
काठमाडौं, १३ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्ने जनाएको छ । बैठक दिउँसो ३ बजे बस्ने छ। यसअघि कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाएको थियो । यहीबीच कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । ...
मकवानपुर एकीकृत समाजवादी संगठन विस्तार अभियानमा

मकवानपुर एकीकृत समाजवादी संगठन विस्तार अभियानमा

ताजा अपडेट, राजनीति
ओखलढुंगा, ६ माघ ।  नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका आठ स्थानीय तहलाई तीन क्लष्टरमा विभाजन गरेर संगठन विस्तारकाे अभियान सुरु गरेकाे छ । आठमध्ये खिजीदेम्वा, लिखु र चम्पादेवी एक क्लष्टर, सुनकाेसी, मानेभञ्ज्याङ र माेलुङ दुई क्ल्ष्टर र चिशंखुगढी र सिद्धिचरण नगरपालिका तीन क्लष्टरमा बाँडेर नेताहरूकाे जिम्मेवारी ताेकिएकाे जिल्ला अध्यक्ष हशंराज वाग्लेले बताए ।  सचिवालय बैठकबाट अभियान सञ्चालनकाे रणनीति तयार गरिएकाे साे पार्टीले जनाएकाे छ । तीन क्लष्टरमा जिल्लाका पदाधिकारीहरूकाे अगुवाइमा सचिवालय सदस्य र जिल्ला सदस्यहरूकाे जिम्मेवारी ताेकिएकाे छ । माघभरिमा अधिकांश वडाहरूकाे कमिटी निर्माण गरिसक्ने लक्ष्य राखिएकाे उपसचिव कमल खड्काले बताए ।  यसअघि पहिलाे चरणकाे अभियानमा केही पालिका र वडाहरूकाे कमिटी गठन भइसकेकाे छ । संगठन  विस्तारका लागि कार्यकर्ता तहमा माग ...
गुल्मी कांग्रेसले संगठनको तौरतरिका बदल्दैछ ः सभापति पन्थी

गुल्मी कांग्रेसले संगठनको तौरतरिका बदल्दैछ ः सभापति पन्थी

गुल्मी विशेष, राजनीति
प्रेम सुनारगुल्मी, पुस २९ । नेपाली काङ्ग्रेस गुल्मीले आज जिल्ला पार्टी कार्यालय तम्घासमा पत्रकार सम्मेलन गरि जिल्ला देखि वडा स्तर सम्म प्रबिधि मैत्री बनाउने उदघोष गरेको छ । हामिले यहाँ बाट पुर्तिघाट्को काङ्ग्रेस लाई हुलाक बाट पत्रचार गर्दा कति दिन लाग्ला रु यस्तो प्रतिप्रश्न गर्दै पार्टि सभापति खिलध्वज पन्थीले भने जिल्लाका ९३ वटै वडामा पार्टी कार्यालय , कम्युटर र ईन्टरनेटको पहुँच पुराइ सबै गतिविधिको अपडेट आदन प्रदान गर्नेछौ । उनले गुल्मी काङ्ग्रेस प्रबिधि मैत्री बनाउन लागिएकोले कार्यकर्ता स्वयं पनि प्रबिधि मैत्री हुनु पर्नेमा जोड दिए । पुरानो परिपाटी बाट अब गुल्मी काङ्ग्रेसका कुनै पनि गतिविधि नचल्ने बताउदै उनले भने–‘ अब हामी विधि र बिधानलाइ काङ्ग्रेसको प्राण ठानेर नयाँ र चुस्त गति संघ अगाडि बढ्दै पहिलो पार्टी बनाउने छौ ।’ उनले आठौं अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिको पहिलो बै...
लिपुलेक माथि भारतले गरिरहेकाे दावाबारे वार्ता गर्न कांग्रेस उपसभापति गुरुङकाे माग

लिपुलेक माथि भारतले गरिरहेकाे दावाबारे वार्ता गर्न कांग्रेस उपसभापति गुरुङकाे माग

Breaking news 2, राजनीति
काठमाडाैं, २७ पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले  भारतले लिपुलेकसम्म सडक बनाइरहेकाे विषयलाई 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा' भनेका छन् । यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेकाे उपभापति गुरुङले सरकारसँग माग गरेका छन् . उनले लेखेका छन्, 'पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।' ...
कांग्रेस सिरहा सभापतिमा यादवको उम्मेदवारी घोषणा

कांग्रेस सिरहा सभापतिमा यादवको उम्मेदवारी घोषणा

ताजा अपडेट, राजनीति
सिरहा, २६ पुस  । नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार बनाएका हुन् ।  उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावीसमेत गरेका छन् । जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरे । उनले भने, 'पहिलो पटक ३ सय मतान्तरले विजयी भएकाे थिए । यसपटक अझ बढी मतले विजयी हुन्छु । यादव वर्तमान जिल्ला सभापति र पूर्वसांसद पनि हुन् । ...
नेकपा एमाले केपी ओलीको हैन : नेता महतो

नेकपा एमाले केपी ओलीको हैन : नेता महतो

राजनीति
विशाल बस्नेत महोत्तरी, २५ पुस । प्रदेश-२ का पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतोले नेकपा एमाले केपी ओलीको नभएको जिकिर गरेका छन् । आज महोत्तरीमा बर्दिबास नगरपालिकाले आयोजना गरेको प्रवेश कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका नेतासमेत रहेका महतोले नेताहरू माधव नेपाल, झलनाथ खनालले रगत र पसिना बगाएको पार्टीमा केपी ओलीको रजाइँ रहेको टिप्पणी गरेका थिए । नेकपा एमालेसँग विद्रोह गरेर बनेको एकीकृत समाजवादीले नै युवाहरूको भावना समेट्न सक्ने मन्त्री महतोको दाबी छ । उनले प्रदेशभर नै एकीकृत समाजवादी तर्फ पार्टीहरूको आकर्षण रहेको बताएका छन् । नेपाली कांग्रेसका नेता सुदर्शन काफ्ले, राजपाका पूर्व केन्द्रीय प्रचारप्रसार विभागका सदस्य तथा नेता सन्तोष घिमिरे, व्यवसायी तथा स्वतन्त्र युवा हरि काफ्लेलगायत झण्डै सय जनाको संख्यामा युवाहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । स्थ...
एमाले डडेल्धुराको अध्यक्षमा साउद

एमाले डडेल्धुराको अध्यक्षमा साउद

राजनीति
डडेल्धुरा, २५ पुस । अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए । तर, अन्तिममा उनले साउदलाई नै सर्मथन गरेका थिए । यस्तै उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् । अन्य पदमा पनि सहमति प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ । नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसहमत चयन भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउद सर्वसहमत अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए । तर, अन्तिममा उनले साउदलाई नै सर्मथन गरेका थिए । यस्तै उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् । अन्य पदमा पनि सहमति प्रयास भइरहेको एमाले डडेल्धुरा...
एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा

एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा

राजनीति
कपिलवस्तु २५ पुस । नेकपा एमाले कपिलवस्तुको जिल्ला अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । पदाधिकारी र केही सदस्य पदमा सहमति नजुटेपछि भएको निर्वाचनबाट शर्मा निर्वाचित भएका हुन् । उनले २ सय ३८ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी बाबुराम खनालले १ सय ८६ र नेत्रराज अधिकारीले १ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर कार्कीले बताए ।यसैगरी उपाध्यक्षमा विश्राम प्रसाद चौधरी ३ सय ४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी हिरालाल पौडेलले १ सय ६६ मत पाए । सचिव पदमा चन्द्र बहादुर गहतराज २ मतले निर्वाचित भएका छन् । मत गणनामा विवाद भएपछि पुन गणना भएको थियो । गहतराजले १ सय ७८ मत प्राप्त गर्दा विश्व कार्कीले १ सय ७६ र भेषराज पाण्डेले १ सय ६० मत पाएका थिए । सहसचिवमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनबहादुर केसीले १ सय ३१ मत प्राप्त गरी निर्वाचित भएक...