ताजा अपडेट

एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयो : मन्त्री कार्की

एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयो : मन्त्री कार्की

ताजा अपडेट, राजनीति
काठमाडौं, ५ फागुन । सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए । बहस अझै जारी नै रहने भएकाले भोलि पुनः यस विषयमा छलफल हुने उनले बताए । ‘आज गम्भीर विषयमा गम्भीर छलफल भयो । भोलि बिहान १० बजे पुन: बैठक बस्ने छ,’ उनले भने । उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्‍याउने भन्नेबारे छलफल भएको बताए । उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल हुने बताएका छन् । ...
चितवनमा मंसिरयता थपिए २७ हजार बढी मतदाता, निर्वाचन घोषणापछि अद्यावधिक गरिने

चितवनमा मंसिरयता थपिए २७ हजार बढी मतदाता, निर्वाचन घोषणापछि अद्यावधिक गरिने

ताजा अपडेट, समाचार
कुलप्रसाद काफ्लेचितवन, २० माघ ।चितवनमा मंसिरयता २७ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनकाअनुसार १ मंसिर २०७८ देखि मंगलबारसम्म २७ हजार २०१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।  उनीहरु १६ वर्ष उमेर माथिका मतदाता हुन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ताको काम रोकिन्छ । त्यसपछि निर्वाचन कार्यालयले १८ वर्ष नाघेका मतदाताको नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने छ । केपी ओलीको सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको थियो । ५ पुस २०७७ सम्म जिल्लामा तीन लाख ६८ हजार ३८२ योग्य मतदाता थिए । त्यसपछि राजनीतिक उतारचढावका कारण २०७८ असारसम्म मतदाता नामावली संकलनको काम सुरु हुन सकेन ।  असारपछि मतदाता नामावली संकलन सुरु भएको हो । असार र मंस...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट शुक्रबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट शुक्रबार बस्ने

ताजा अपडेट, राजनीति
काठमाडौं, १३ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्ने जनाएको छ । बैठक दिउँसो ३ बजे बस्ने छ। यसअघि कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाएको थियो । यहीबीच कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । ...
मूल्य वृद्धिको विरुद्धमा अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

मूल्य वृद्धिको विरुद्धमा अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

अर्थ, ताजा अपडेट, ब्यापार
काठमाडौं, ५ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो । 'पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर'लगायतका प्लेकार्ड बोकेर अखिल क्रान्तिकारीले विरोधप्रदर्शन गरेको हो । ...
मकवानपुर एकीकृत समाजवादी संगठन विस्तार अभियानमा

मकवानपुर एकीकृत समाजवादी संगठन विस्तार अभियानमा

ताजा अपडेट, राजनीति
ओखलढुंगा, ६ माघ ।  नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका आठ स्थानीय तहलाई तीन क्लष्टरमा विभाजन गरेर संगठन विस्तारकाे अभियान सुरु गरेकाे छ । आठमध्ये खिजीदेम्वा, लिखु र चम्पादेवी एक क्लष्टर, सुनकाेसी, मानेभञ्ज्याङ र माेलुङ दुई क्ल्ष्टर र चिशंखुगढी र सिद्धिचरण नगरपालिका तीन क्लष्टरमा बाँडेर नेताहरूकाे जिम्मेवारी ताेकिएकाे जिल्ला अध्यक्ष हशंराज वाग्लेले बताए ।  सचिवालय बैठकबाट अभियान सञ्चालनकाे रणनीति तयार गरिएकाे साे पार्टीले जनाएकाे छ । तीन क्लष्टरमा जिल्लाका पदाधिकारीहरूकाे अगुवाइमा सचिवालय सदस्य र जिल्ला सदस्यहरूकाे जिम्मेवारी ताेकिएकाे छ । माघभरिमा अधिकांश वडाहरूकाे कमिटी निर्माण गरिसक्ने लक्ष्य राखिएकाे उपसचिव कमल खड्काले बताए ।  यसअघि पहिलाे चरणकाे अभियानमा केही पालिका र वडाहरूकाे कमिटी गठन भइसकेकाे छ । संगठन  विस्तारका लागि कार्यकर्ता तहमा माग ...
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियू क्रान्तिकारीको माग

अर्थ, ताजा अपडेट
काठमाडौं, ६ माघ । अनेरास्ववियू क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।नेपाल आयल निगमले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी कोभिड-१९ बाट ग्रसित नेपाली जनतालाई आहत दिने काम गरेको भन्दै क्रान्तिकारीले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी मूल्यवृद्धिको विरोध गरेका हुन् । आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा तीन-तीन रुपैयाँका दरले, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर मूल्य बढाएको थियो । ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर कोभिड-१९ बाट प्रताडित नेपाली जनताको ढाड सेक्ने काम गर्दै आइ...
काेभिड-१९ काे मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान

काेभिड-१९ काे मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान

breaking news 1, ताजा अपडेट
काठमाडाैं, १ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी/माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।  थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनिने पर्वमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले  संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको बताएका छन् । विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको उनकाे भनाइ छ । । यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन् ।  आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ । यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थ...
गुल्मीदरबार गाउँपालिकाको प्रथम चौमासिक समीक्षा गोष्ठी सम्पन्न

गुल्मीदरबार गाउँपालिकाको प्रथम चौमासिक समीक्षा गोष्ठी सम्पन्न

गुल्मी दरबार गाउँपालिका, ताजा अपडेट
गुल्मी, २८ पुष । गुल्मीदरबार गाउँपालिकाले आ.व.०७८/०७९ को प्रथम चौमासिक समीक्षा गोष्ठी आज सम्पन्न भएको छ । कार्यवाहक अध्यक्ष मिना भण्डारीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा गाउँपालिकाले प्रथम चौमासिक अवधीमा गरेका मुख्य मुख्य कृयाकलापहरुको प्रस्तुती प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गर्नुभएको थियो । उक्त कार्यक्रममा वडाध्यक्ष लगायत सम्पूर्ण कार्यपालिका सदस्यहरु, पालिकास्तरीय राजनैतिक दलका प्रमुखहरु, पत्रकार र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शाखालाई दिएको जिम्मेवारी अनुसार आ–आफ्नो शाखाबाट सम्पन्न भएका कृयाकलापहरुको प्रस्तुती शाखा प्रमुख तथा वडा कार्यालयहरुबाट सम्पादन भएका गतिविधिहरुको प्रस्तुती वडा सचिवहरुले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुमा नेकपा एमाले गुल्मीदरबारका अध्यक्ष कृष्ण प्रसाद खनाल, नेपाली काँग्रेस गुल्मीदरबारका सभापती प्रेम प...
अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक, स्वास्थ्य सावधानी बढाउन आग्रह

अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक, स्वास्थ्य सावधानी बढाउन आग्रह

ताजा अपडेट, स्वस्थ्य
हरिप्रसाद भुसाल अर्घाखाँची, २८ पुस । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ । मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ । सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बन्द गराउन अनुरोध गरेको प्रशासनले पूर्वनिर्धारित परीक्षाहरु भने जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ । त्यस्तै सिट क्षेमताभन्दा यात्रु नबोक्न तथा हरेकपटक डाडीहरुलाई निसंक्रमण गर्न प्रशासनले अन...
दिवंगत वडाध्यक्षको स्मृतिमा भलिवल प्रतियोगिता हुने

दिवंगत वडाध्यक्षको स्मृतिमा भलिवल प्रतियोगिता हुने

ताजा अपडेट
हरिप्रसाद भुसालअर्घाखाँची, २७ पुस ।  सन्धिखर्क नगरपालिका-८ का  दिवंगत वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको स्मृतिमा खुला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । २९ पुसमा भलिबल प्रतियोगिता गर्न लागिएको कार्यबाहक वडा अध्यक्ष नारायण अर्यालले जानकारी दिए ।  सन्धिखर्क नगरपालिका-८ नेपालीचौरमा संचालन हुने खेलमा प्रथम हुनेले नगद ५० हजार प्राप्त गर्ने खेल संयोजक कमल प्रसाद पराजुलीले जानकारी दिए ।  २८ पुससम्म गतेसम्म टिम दर्ता गर्न सकिने र दर्ताको लागि ३ हजार शुल्क राखिएको छ ।  ...