ब्यापार

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

अर्थ, ब्यापार
काठमाडौं, २० मंसिर । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  आज दुई सय २७ कम्पनीकोे ६९ हजार आठ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नविल बैंकको शेयर काराेबार भएको छ । यस बैंकको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।       आज सबै समूहको सूचकमा हरियाली छाए पनि तीन दशमलव ४५ प्रतिशतभन्दा माथि पुग्न सकेका छैनन् । आज उच्च नाफा कमाउनेमा मेरो माइक्राे फाइनान्स वित्तिय संसथाका लगानीकर्ताहरू रहेका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त र न्यादी हाइड्रो पावरको शेयर ...
इलाम निर्माण व्यवसायी संघको अध्यक्षका लागि चार आकांक्षी

इलाम निर्माण व्यवसायी संघको अध्यक्षका लागि चार आकांक्षी

ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
इलाम, १८ मंसिर ।  निर्माण व्यवसायी संघ इलामको नवौं जिल्ला अधिवेशन आइतबारबाट सुरु हुँदैछ । संघको नेतृत्वको लागि चार जना आकांक्षी देखिएका छन् । अध्यक्षको लागि हालसम्म चार जनाले उम्मेदवारी घोषणा नै गरिसकेका छन् ।  आइतबारबाट सुरु हुने अधिवेशनबाट वर्तमान अध्यक्ष सुभाष चिपालु फेरी अध्यक्षमा दोहोरिन चाहन्छन् । संघका पूर्वअध्यक्ष राजकुमार भक्तराज पनि अध्यक्षका आकांक्षी हुन् । त्यस्तै अधिवेशनको लागि सन्तोष कटुवालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर निर्माण व्यवसायीसँग लबिङ बढाएका छन् । अध्यक्षकै लागि डिल्लीराम खनालले पनि उम्मेदवारी घोषणा गरेका छन् ।  निर्माण व्यवसायी संघमा चार जनाको उम्मेदवारी हुने भएपछि निर्माण व्यवसायी वृत्तमा चुनावी सरगर्मी बढेको छ । आइतबार उद्घाटन कार्यक्रमपछि व्यवसायी संघको पदाधिकारी र कार्यसमिति सदस्य चयनको लागि मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।  आइतबा...
झन्डै नाै लाखकाे चिनी र माेबिल बरामद

झन्डै नाै लाखकाे चिनी र माेबिल बरामद

ताजा अपडेट, ब्यापार
बुटवल, १८ मंसिर  । रुपन्देही प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको सामान बरामद गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले रुपन्देहीको देवदह नगरपालिका- ५ बाट अवैध सामान बरामद गरेको हो । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका- ३९ वर्षीय अस्लाम अन्सारीले लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडीमा बिना बिल अवैधरुपमा ल्याउँदै गरेको ५० बोरा चिनी र १० कार्टुन मोबिल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । उनका अनुसार बरामद भएकाे सामान, पिकअप गाडी र गाडी धनीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । ...
स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ : पर्यटन मन्त्री आले

स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ : पर्यटन मन्त्री आले

अर्थ, ट्रेन्डिङ, ब्यापार, समाचार
ओखलढुंगा, १६ मंसिर । नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक भएको बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री आलेले ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेँसी बाला चतुर्दशी मेला महोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।  मेलामहोत्सव स्थल माटेबेंसीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि पर्याप्त बजेट व्यवस्था गर्ने बताउँदै मन्त्री आलेले पर्यटन क्षेत्रको दीर्घकालीन  विकासका लागि स्वरोजगारलाई ध्यान दिएर मात्र योजना सञ्चालन हुनु पर्नेमा जोड दिए । उनले भने, 'रोजगारी सिर्जना नहुने हो भने पर्यटनका नाममा हुने लगानीको अर्थ हुन सक्दैन ।' उनले आफूले थुप्रै सुधारका काम थालेको पनि बताए । उनले कौडीको भाउमा बेचिन लागेको नेपाल एयरलाइन्स जोगाएको पनि दाबी गरे ।  विमानस्थलमा यात्रुमाथि...
सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने

सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने

अर्थ, ब्यापार
काठमाडौं, १६ मंसिर । सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा  ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ...
शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

अर्थ, ब्यापार
काठमाडौं, १६ मंसिर ।  साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।  आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल तीन अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । बैंकले आज १२ करोड ४३ लाखभन्दा बढीको कारोबार गरेको छ । कारोबारमा आएका उपसूचकहरूमा विकास बैंक, फाइनान्स तथा अन्य समूहमा ३ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै सूचकमा १ देखि २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता पा...
४५ दिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न

४५ दिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न

ताजा अपडेट, ब्यापार
उदयपुर, १६ मंसिर । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सञ्चालन गरेको ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ । गाईघाटको जगत भवनमा तालिम समापन भएको हो । जिल्ला सम्मन्यन समितिको उपप्रमुख गंगा राईले घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको सिलाई कटाई तालिममा सहभागीहरुलाई प्रमाण पत्र दिएका हुन । 'उद्योग र पूर्वाधार, समृद्धिको आधार' नाराका साथ सञ्चालित ४५ दिने तालिममा त्रियुगा नगरपालिका भित्रका १२ जना महिलाको सहभागिता रहेको थियो । प्रशिक्षक ज्ञानु प्रधानका अनुसार वडा, नगर र जिल्लाबाट सहयोग पाए महिलालाई आर्थिक तथा व्यवसायीक रुपमा निकै अगाडि लग्न सकिनेछ । छोटो समयको तालिममा धेरै कुरा सिक्न पाएको सहभागी भविमाया विकले बताइन् । चौबन्दी चोली, कुर्ता सुर्वाल, सर्ट पाईन्ट, ग्राउन लगायतका ७ आईटम तालिमका सिकाइएको विकको भनाइ छ । ...
लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा

लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा

अर्थ, ब्यापार
काठमाडौं, १५ मंसिर । लक्ष्मी बैंकले ८ पुसमा वार्षिक साधारण सभा बोलाएको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आह्वान गरेको हो । सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने जनाइएकाे छ । सभा प्रयोजनका लागि २४ मंसिरमा बुकक्लोज हुनेछ । यसअनुसार, २३ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउनेछन् ।  ...
टिएमजेमको प्रवेशद्धारमा सुविधायुक्त गेष्ट हाउस

टिएमजेमको प्रवेशद्धारमा सुविधायुक्त गेष्ट हाउस

ताजा अपडेट, ब्यापार
तेह्रथुम, ११ मंसिर  । पूर्वी पहाडि क्षेत्रकाे पर्यटकीय क्षेत्र तिनजुरे मिल्मे जलजले (टिएमजे) काे प्रवेशद्वारमा सुविधायुक्त गेष्टहाउस खुलेकाे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा रहेको यो पर्यटकीय गन्तव्यमा बर्षेनी हजारौं पर्यटक आए पनि सुविधायुक्त बस्ने स्थान नहुँदा समस्यामा पर्दै  आएका थिए ।  कोशी राजमार्गको बसन्तरपुर बजारदेखि करिब २० मिनेटको दुरीमा रहेको तिनजुरे पाथीभारामा दर्शन गर्न आउने संख्या उतिकै चाप हुने गर्छ । तर ,यहाँ नजिकै सुबिधायुक्त होटल नहुँदा बसन्तपुर नै झर्नु पर्ने अवस्था थियो । पर्यटकलाई सेवा दिने उदेश्यका साथ लालीगुराँस नगरपालिकाको टुटे बजारमा हिमगंगा गेष्ट हाउस सञ्चालनमा आएको हाे । खासगरी गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकको ओइरो लाग्ने गरेको छ । २९ सय उचाइमा रहेको यो क्षेत्रमा आउने पर्यटक  चारैतिर हिमालको दृश...
उद्योग दिवसमा पाँच उद्यमी सम्मानित

उद्योग दिवसमा पाँच उद्यमी सम्मानित

अर्थ, ट्रेन्डिङ, ब्यापार
जनकपुरधाम, ९ मंसिर  । सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाले पाँच उद्यमीलाई सम्मान गरेको छ ।  'स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ नारासहित बनाइएको उद्योग दिवसमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाले घरेलु उद्योगबाट पनि देशको विकास निर्माणमा योगदान पुर्‍याइएको भन्दै जनकपुर १८ की लहठी व्यवसायी मिना देवी, साबुन सरप उद्योग चलाउने सीता देवी मण्डल, धनुषा वटेश्वरका पटरी उद्योगी रामकुमार महतो, अगरबत्ती उद्योग चलाउने वसन्त रमौली र मिथिला पेटिङ्ग बनाउने शोभा कर्णलाई सम्मान गरिएको छ ।  कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निम्ति निर्देशक विपिन्न ठाकुरले बाहिरबाट सामान आयात गर्दा राज्यलाई धेरै क्षति हुने गरेको राज्यले स्वदेशी उत्पादनमा जोड दिएको बताए । उद्योगी व्यवसायी राज्यको मेरुदण्ड भएको भन्दै...