लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा

2 Shares

काठमाडौं, १५ मंसिर । लक्ष्मी बैंकले ८ पुसमा वार्षिक साधारण सभा बोलाएको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आह्वान गरेको हो ।

सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने जनाइएकाे छ । सभा प्रयोजनका लागि २४ मंसिरमा बुकक्लोज हुनेछ । यसअनुसार, २३ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *