मनोरञ्जन

गुल्मीका पोखरेलद्वारा रचित गीत मायाको खुत्रुके चर्चामा

मनोरञ्जन
गुल्मी १७ पौष । गुल्मी जिल्ला लोकप्रिय साहित्यकार तथा रचनाकार प्रदिप प्रखर पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। मायामा आधारित गीत मायाको खुत्रुके नामक एल्बममा बरीष्ठ लोकपृय सर्जक राजकुमार बगर संगित, गायक रामचन्द्र काफ्लेको स्वर रहेको छ । गीत त्रिबेनी डिजिटलमा रेकर्ड गरिएको थियो। झन्डै एक दशक भन्दा बढी समय देखि नेपाली गीत संगीतको यात्रामा निरन्तर लाग्दै आउनु भएका पोख्रेलका विभिन्न गीतहरु बजारमा आईसकेका छन्। हेर्नुहोस् भिडियोः youtube.com/watch?v=9cZem9p8Yg4 ...
डोल्पा सदरमुकाम विद्युत् विहिन

डोल्पा सदरमुकाम विद्युत् विहिन

ताजा अपडेट, मनोरञ्जन
हेमन्त केसीजाजरकोट , १३ पुस । सोमबारदेखि डोल्पाको सदरमुकामलगायत आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत आयोजनाको मेसिनमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । मेसिनमा खराबी आउनेबित्तिकै नेपालगन्ज मर्मतको लागि पठाएको भए पनि त्यहाँ पनि मर्मत हुन नसकेपछि बुटवल पठाएको आयोजनाका जुनियर  हेल्पर मुस्कान रावलले जानकारी दिए ।   हिउँद याममा आलोपालो तरिकाले विद्युत् सेवा दिँदै आएको डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध हुँदा समस्य परेको स्थानीयले गुनासाे गरेका छन् ।  राष्ट्रिय प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युत् बन्द हुनेबित्तिकै सबै सेवा बन्द हुने गर्दछ ।  ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको विद्युत् अब तीन हप्तापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ । जैरीगाड जलविद्युतबाट एक हजार २५० घ...
राष्ट्रभक्ती गीत

राष्ट्रभक्ती गीत

मनोरञ्जन
प्रदीप प्रखर पोखरेलरेसुङ्गा न.पा.१४,गुल्मी म त खोली तर्दिन भो छिमेकीले तुइन काट्छसुस्ता लुट्छ, बाँध खोल्छ हाम्रो खुशीं किन काट्छदुईटा ढुङ्गा बिचको तरुल कैले फुल्ला कैले फल्लादक्षिण लाग्दा भारत ले उत्तर लाग्दा चीन काट्छ।। लिपुलेकमा दाह्रा गाड्यों, यो छातीमा आरा गाड्योंरोटी बेटी सम्बन्ध छ भन्दै फेरि नारा छाड्योंसगरमाथा नांप्छु भन्छ, कहिले भन्छ राराबुझ्न गाह्रो छिमेकीको द्रुस्ट, गिद्दे पारा लुम्बिनिमा पापी नजर लाउछ बेला बेलाबुद्द उतै जन्में भन्दै खबर आउँछ बेला बेलाफाल्दैं गरौं उदिनमा खुकुरीको खियाछाती माथी टेक्नेंलाई पारौ छिंया छिंया ...
लुम्बिनीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किंदै

लुम्बिनीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किंदै

पर्यटन, मनोरञ्जन
बुटवल, २२ मंसिर  । कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए । तर, अहिले भने लुम्बिनीमा विस्तारै पर्यटक आगमन बढ्न थालेको र यसले आशाको सञ्चार जगाएको लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्माले बताए । लुम्बिनीमा चहलपहल बढेसँगै घुम्न आउनेहरू पनि उत्साही देखिएका छन् । 'यसले व्यवसायीलाई मात्र नभई घुम्न आउनेहरुलाई पनि उत्साही बनाएको हामीले पाएका छौं', उनले भने । अब सरकारले पर्यटन व्यवसाय उकास्ने गरी कार्यक्रम र योजना ल्याउनुपर्ने महासचिव शर्माले बताए । 'कोरोना कहर हट्दै जान थालेपछि लुम्बिनी आउन थालेका पर्यटकहरूका लागि उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका प्याकेज कार्यक्रम...
गृह जिल्लामा राजु परियार सम्मानित

गृह जिल्लामा राजु परियार सम्मानित

मनोरञ्जन
लमजुङ, ९ मंसिर । नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक लोक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ । परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो । लोकदोहोरीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँशहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए । परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र लमजुङ गाउँशहर समाजका संयोजक थापाले सम्मान गरेका हुन् । गायक राजु परियारसँगै उपकुलपति गुरुङ, त्रिभुवन विश्वविद्यालय इतिहास विभागका विभाग प्रमुख डा. बमबहादुर अधिकारी र गाउँशहरका ज्येष्ठ नागरिक  १ सय ४ वर्षीय रामबहादुर मालुवालाई अभिनन्दन गरिएको सशस्त्र प्रहरीका पूर्व एआइजी एवं लमजुङ गाउँशहर समाजका सदस्य रोहित थापाले बताए । ...
यस्तो छ बलिउड फिल्मको ‘लाइनअप’

यस्तो छ बलिउड फिल्मको ‘लाइनअप’

मनोरञ्जन
काठमाडौं, १० असोज । आगामी ५ कात्तिकदेखि भारतको मुम्बईमा रहेका फिल्म हलहरू खुल्ने मुख्यमन्त्री उद्धव ठाकरेको कार्यालयले ट्विटमार्फत जानकारी दिएको छ ।   हल खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनुपर्ने कोभिड संक्रमणविरुद्धको मापदण्ड पनि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । हल खुलाउने निर्णय भएसँगै बलिउडले यसलाई स्वागत गरेको छ । बलिउडका ठूला व्यानरले फिल्म हल खुल्ने निर्णय आएसँगै फिल्म रिलिज हर्ने सेड्युल सार्वजनिक गरेका छन् । मुम्बईका फिल्म हल नखुल्दा निर्माताले रिलिज तय गर्न सकेका थिएनन । यद्यपि, पछिल्लो निर्णयसँगै बलिउडकर्मी उत्साहित भएका छन् ।  आइतबार मात्र बलिउडका प्रतीक्षित फिल्महरूले रिलिज घोषणा गरेका छन् । सूर्यवंशी, बन्टी और बब्ली २, पृथ्वीराज, जयश भाइ जोरदार र शम्शेरा, तडप, ८३ लगायत रिलिजको पर्खाइमा रहेका छन् । प्रतीक्षित फि...
सगरमाथा आधार शिविरमा फेसन शो

सगरमाथा आधार शिविरमा फेसन शो

मनोरञ्जन
डी.बी. खालिङ सोलुखुम्बू, १० असोज/ सर्वाधिक उचाइमा आयोजना गरिने फेसन सोका रूपमा विश्व कीर्तिमान राखेको माउन्ट एभरेस्ट फेसन रनवेको दोस्रो संस्करण सगरमाथा आधार शिविरमा सम्पन्न भएको छ । विभिन्न १० वटा मुलुकबाट आएका सुपरमोडलसहित इटालीका राजकुमार कोसिमो दे मेडिसीले नेपाली डिजाइन लगाएरै र्‍याम्प नापे । कासा डिजाइन र बुद्धिस्ट लाइनका डिजाइन लगाएर इटालेली प्रिन्सले नेपाली डिजाइनलाई प्रवर्द्धन गर्ने प्रयास गरे । पाँच हजार ५०० मिटर उचाइमा आयोजना गरिएको हिउँले भरिएको र्‍याम्पको पृष्ठभूमिमा सर्वोच्च शिखर सगरमाथाको आकर्षक दृश्यावलोकन गर्न सकिन्थ्यो । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका पंकज गुप्ता, रमिला नेमकुल र रिकेन महर्जनले फेसन सोको आयोजना गरेका हुन् ।  संसारका कीर्तिमानीहरूको सूची राख्ने गिनिज पुस्तकले पृथ्वीकै अग्लो स्थानमा आयोजना गरिने फेसन सोका रूपमा माउन्ट एभ...
केशब दाहालको गीत ‘फर्कन छोरा’

केशब दाहालको गीत ‘फर्कन छोरा’

मनोरञ्जन, विचार
काठमाडौँ, १५ साउन, २०७८ । बा, आमा अनि छोरो । सानो सुखी परिवार । खेतीपाती, धन्दा, भकारो गरेर गर्जो टरिरहेको छ । छोरो हुर्किएपछि धनको लोभ । धन कमाउन छोरो परदेश । गाउँमा बुढा बा, आमा मात्रै । उमेरको भने पनि बुढेसकालको भने पनि एउटा भाको छोरो परदेश गएपछि बा, आमा एक्ला । उमेरले डाँडो काट्दै गएपछि काम गर्न सक्दैनन् । खेतबारी बाँझै । परदेशिएको छोरो फर्किदैन । सहजमा त बुढाबुढी बसेकै छन् । दुःख पर्दा ? साथमा छोरोसमेत छैन । आमा अचानक बिरामी पर्छिन् र मृत्युवरण गर्छिन् । परदेशिएको छोरो आमा मर्दासमेत साथमा छैन । धन कमाउन गएको छोरो आमा गुमाउँदा पनि साथ हुन पाउँदैन भने त्यो धनको के काम ? सानो हुन्जेल छोरोलाई माया, ममताको खाँचो हुन्छ । छोरो ठूलो भएपछि बा, आमालाई छोराको माया, ममताको खाँचो हुन्छ । तर दुःख पर्दा धन छ छोरो छैन भने त्यो धनको के अर्थ ? के पैसा पकाएर खान मिल्छ ? के पैसो खाँदा छोराको न्यानो माया...
गायक रामचन्द्र चन्दको नयाँ तीज गीत ‘आइन तीजमा’ सार्वजनिक

गायक रामचन्द्र चन्दको नयाँ तीज गीत ‘आइन तीजमा’ सार्वजनिक

मनोरञ्जन
गुल्मी जिल्ला लोकप्रिय गायक तथा एरेन्जर रामचन्द्र चन्दको नयाँ तीज गीत सार्वजनिक भएको छ। चेजीको कथा बेथामा आधारित गीत आइन तीजमा नामक एल्बम मा गायक रामचन्द्र चन्द र कालीका रोकाको स्वर रहेको छ भने हुम गैरेको शब्द, र लय संगीत तथा एरेन्ज रामचन्द्र चन्दको रहेको छ । गीत मालीका स्टुडियोमा रेकर्ड गरिएको थियो। झन्डै एक दशक भन्दा बढी समयदेखि नेपाली लोक संगीतको यात्रामा निरन्तर लाग्दै आउनु भएका चन्दका दर्जनौँ गीतहरु बजारमा आईसकेका छन्। हाल सांगीतिक कर्मको शिलशिलामा काठमाडौँमा रहदै आउनु भएका चन्द गायनसंगै संगीत संयोजन तथा एरेन्जरको रुपमा समेत प्ररिचित हुनुहन्छ । वहाँले तीजको समयमा चेलीबेटीहरुको मर्मलाई बुझेर हेरका वर्ष नयाँ नयाँ तीजका गीत आम दर्शक महानुभावलाई दिदै आएको बताउनुहुन्छ । हेर्नुहोस् भिडियोः https://www.youtube.com/watch?v=qKP_V1fCkUw ...
फर्क साथी (कविता)

फर्क साथी (कविता)

मनोरञ्जन
तिमी टेक्स्सासको मिनरल वाटर पिउदै गर्दा यता ठुलोखोलाको छङ्छङ गर्ने पानी तिमीलाइ सम्झिदै तिमी कुल्चेर जाने ढुङ्गालाइ प्यास मेटाइरहेको छ तिमीले सिड्निमा वाइट कफी पिउदै गर्दा तिमिले परारसाल नुन दिएको माली बाच्छी अहिले बकेर्नो बनिसकेर गौसालाको माटो पबित्र पारेको छ। तिमी रेगिस्थानमा ऊँट चराउदै गर्दा यता तिमिले चराउने बाख्राको पाठी बेप्रबाह साउनेतिर मन्दृयको छ तिमी परदेशमा कागजको फूल किन्दै गर्दा यता आगनको गुर्दौली फक्रीएको छ फर्क साथी तिमीलाइ रेसुङाको चिसो हावाले बोलाइरहेको छ। प्रदीप प्रखर पोखरेल रेसुङ्गा न.पा.१४,पराल्मी गुल्मी ...