फर्क साथी (कविता)

2 Shares

तिमी टेक्स्सासको मिनरल
वाटर पिउदै गर्दा
यता ठुलोखोलाको छङ्छङ गर्ने
पानी तिमीलाइ सम्झिदै तिमी
कुल्चेर जाने ढुङ्गालाइ प्यास मेटाइरहेको छ

तिमीले सिड्निमा वाइट
कफी पिउदै गर्दा
तिमिले परारसाल नुन
दिएको माली बाच्छी
अहिले बकेर्नो बनिसकेर
गौसालाको माटो पबित्र
पारेको छ।


तिमी रेगिस्थानमा ऊँट
चराउदै गर्दा यता तिमिले
चराउने बाख्राको पाठी
बेप्रबाह साउनेतिर मन्दृयको छ
तिमी परदेशमा कागजको
फूल किन्दै गर्दा यता
आगनको गुर्दौली फक्रीएको छ
फर्क साथी तिमीलाइ
रेसुङाको चिसो हावाले
बोलाइरहेको छ।

प्रदीप प्रखर पोखरेल
रेसुङ्गा न.पा.१४,पराल्मी
गुल्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *