शृङ्गारिक–गजल

2 Shares
ममता अर्याल

अब मेरो मनको हाल बुझ्ने गर
यी नजर र मुटुको ताल बुझ्ने गर
उफ्रिने र दौडिने भाको छ मस्तिष्कमा
के भाको हो ज्यानको चाल बुझ्ने गर
हलचल भए जस्तो लाग्छ समुन्द्रमा
छल्किदा उठ्ने लहरको छाल बुझ्ने गर
गर्नुपर्ने धेरै काम तर्किएर टार्न खोज्छौ
त्यसै खेर फालेको रात्री काल बुझ्ने गर।
यो गजलमा.
(ताल–नचागानको ढंग)
(काल–समय)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *