समाचार

कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड

कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड

समाचार, स्वस्थ्य
लमजुङ, ११ माघ । जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहादानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । सरकारले गत वर्षबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेसँगै लमजुङमा पनि विवरण संकलन सुरु भएको थियो । राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम सुरु भए पनि वितरण भने अहिलेसम्म हुन सकेको छैन । परिचयपत्र छपाइमा ढिलाइ हुँदा हालसम्म विवरण संकलन गरिएका कसैको पनि परिचय पत्र नआएको प्रशासनले जनाएको छ । दैनिक ६० भन्दा बढी सेवाग्राही राष्ट्रिय परिचय पत्र लिन आउने गरेको प्रजिअ वैद्यको भनाइ छ । यसअघि नागरिकता लिन आउने सेवाग्राही...
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १६४ युवा रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १६४ युवा रोजगार

ट्रेन्डिङ, समाचार
प्रकाश पाक्साँवातेह्रथुम, ६ माघ  ।  तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाका १६४ युवा रोजगार बनेका छन् । आर्थिक रुपमा विपन्न पछाडि परेका समुदायका श्रमिकहरूलाई वडाहरू मार्फत छनौट गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गाउँपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि ९४ लाख ४३ हजार रुपैया श्रमिकको ज्यालका लागि उपलव्ध गराएको बताइएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने योजनामा ४० लाख रुपैया साझेदारी गरेको गाउँपालिकाका रोजगार संयोजक कृष्णप्रसाद चम्लागाईंले जानकारी दिए ।  रोजगार कार्यक्रम अन्तर्गत सडक सोलिङ तथा नाली निर्माण, सिँचाइ कुलो निर्माण, सिडी निर्माण र पर्यटन पूर्वाधारका क्षेत्रमा काम गर्ने संयोजक चम्लागाईले बताए । क...
उदाहरण बन्दै रोल्पाका युवाहरु

उदाहरण बन्दै रोल्पाका युवाहरु

समाचार, स्वस्थ्य
रोल्पा, ०४ माघ । बि.सं.२०४६ सालसम्म संचालित रोल्पाको लुङगरि गाउँपालिकामा रहेको जिल्लाको एकमात्र बिमानस्थल संरक्षणमा सरकारी उदासिनताले गौचरण र फोहोर मैदानमा परिणत भएको छ ।एतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट जिल्लाकै महत्त्वपूर्ण गन्तब्यको रुपमा रहेको वडाचौर क्षेत्रमा आगन्तुक पर्यटक र मङ्सिर पुर्णिामामा लाग्ने मेलाका कारण फोहोरमय बनेको छ । प्राकृतिक रुपमा सुन्दर देखिएपनी फोहोर ब्यबस्थापन नहुदा डम्पिङ साइड झै देखिने वडाचौर क्षेत्र हिजोआज भने केही स्थानीय युवा, बुद्धिजीवी, र समाजसेवीको सहयोगमा मुहार फेरिदै गएको छ । स्थानीय सरकारको ध्यान नपुगेपछी लुङगरि (५ र सुनिलस्मृती ( ३ का केही युवाहरु मिलेर वडाचौर क्षेत्रको फोहोर संकलन गरि उचित ब्यबस्थापन गरेका छन । ू वराहक्षेत्र मेला ब्यस्थापन समिति, स्थानीय सरोकारवालाको ध्यानाकर्षण गराउदापनी कुनै प्रतिक्रिया नाअएपछी हामी सामाजिक संजालमा आवहा...
बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

बन्दीपुर दुर्घटनामा घाइतेको भरतपुरमा उपचार हुँदै

breaking news 1, समाचार
तनहुँ, १ माघ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा छ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बन्दीपुर अस्पतालमा समान्य उपचारपश्चात घाइते आठ जनालाई गएराति नै भरतपुर रिफर गरिएको थियो । घाइतेको अवस्था सामान्य रहेको तनहुँ प्रहरीले जनाएको छ ।  घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया जमुना थापा, सोही वडाको हुस्लाङकोटकी ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनकाअनुसार बन्दीपुर–६ भाक्सेकी साते महिने बालिका विविसा थापा, १६ बर्षीया सनिसा थापा १८ बर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपिन थापा घाइते भएका छन् । घुमाउनेबाट धरमपानी आउँदै गरेको ग १ ज ६५५५ नम्बरको यात्रुवहा जिप सडकबाट अन्दाजी ...
भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा कांग्रेस नेता घिमिरे नियुक्त

भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा कांग्रेस नेता घिमिरे नियुक्त

अर्थ, समाचार
हरिप्रसाद भुसाल अर्घाखाँची, १ माघ ।  भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा नेपाली काँग्रेसका नेता यादव प्रसाद घिमिरे नियुक्त भएका छन् ।  नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार घिमिरे हिजोदेखि नै लागु हुनेगरी भूमि आयोग अर्घाखाँचीको अध्यक्ष नियुक्त भएका हुन् । पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानका घिमिरे नेपाल शिक्षक संघका अध्यक्ष समेत हुन् । कांग्रेस महासमिति सदस्य घिमिरे कांग्रेसको १४ औं अधिवेशनमा कांग्रेस जिल्ला सभापतिमा उम्मेवार बनेका थिए । यद्यपि नेता घिमिरे अधिवेशनमा पराजित भएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुनेगरी अर्घाखाँचीसहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरुलाई नियुक्ति पत्र दिएको बताइएको छ । यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी ...
विवाहको एक महिना नपुग्दै पतिवियोगकोको कुनोमा रहेकी चेलीको विलौना

विवाहको एक महिना नपुग्दै पतिवियोगकोको कुनोमा रहेकी चेलीको विलौना

breaking news 1, समाचार
प्रेम सुनारगुल्मी, पुस ३० । लामो समय देखिको प्रेम सम्वन्धलाई बैवाहिक जिवनमा परिणत गर्न पाएकोमा स्वतः हर्षित र गर्वित थिए अर्घाखाँची पुर्खेयौली घर भएका बुटवल निवासी ३० बर्षीय पशुपति रसाईली र उनकी नव वेहुली २४ बर्षीया नुमा सारु मगरको २०७८ मंंसिर महिनाको २६ गतेका दिन उनीहरुले बुटवलको शिद्धबाबा मन्दिरमा अन्तरजातिय प्रेम विवाह भएको थियो । तर दुर्भाग्य विवाहको एक महिना नपुग्दै यति बेला नुमा सारु मगर उनै नव वेहुलाको मृत्युको काजकिरियाको कुनोमा छन् । यस्तो हृदय विदारक घटना निम्ताएको थियो पुस १८ गते पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लग्वामा भएको बस दुर्घटनाले । ‘हिड्दा मलामी फर्किदा लास’ विरलै घट्ने घटना हुन तर पाल्पा बस दुर्घटनामा त्यही भयो । अर्घाखाँचीको मालारानी नव दाम्पत्य जिवनको उत्साह चलिरहेकै बेला पुस १७ गते पशुपतिका बृद्ध बाबु बीरबहादुर टोमटाको असमायिक निधन हुन पुग्यो । आफ्नो पुर्खेयौ...
पाल्पा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

पाल्पा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

समाचार
सुनिल कार्की पाल्पा, २८ पुस । पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी भेग निस्दी-७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  सिन्धुरेमा किराना पसलदेखि घर फर्कनेक्रमा लु६प १५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले बताए । मोटरसाइकलको पछाडि सवार मृतक गाहारी श्रीमती नीरमाया गाहा घाइते भएकी छन् । घाइते गाहाको टाउकोमा चोट लागेको छ । घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ...
काेराेना बढेपछि पुम्दीकोटमा लगाउने भनिएको महायज्ञ स्थगित

काेराेना बढेपछि पुम्दीकोटमा लगाउने भनिएको महायज्ञ स्थगित

समाचार, स्वस्थ्य
पोखरा, २८ पुस । पछिल्लो समय धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित हुँदै गरेको पोखराको पुम्दीकोटमा विशाल शिवमूर्ति निर्माणको चरण चलिरहेको छ । ४० करोड लागत स्टिमेट गरेर काम थालिएको यहाँ पैसा अभाव भएपछि ८ माघदेखि महायज्ञ लगाउने तयारी थियो । १८ माघसम्म हुने भनिएको महायज्ञ तत्कालका लागि स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रशासनको आग्रहमा महायज्ञ रोकिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । ‘मूर्तिभन्दा ठूलो कुरा मानवको स्वास्थ्य हो । भेला हुने कार्यक्रम नगर्न सरकारले भनेको छ,’ उनले भने, ‘अहिलेलाई महायज्ञ नहुने भयो । अर्को कार्यक्रम सहज भएपछि घोषणा गर्छौं ।’ अर्काे सूचना जारी नहुन्जेनसम्मको लागि उक्त महायज्ञ स्थगित भएको उनले बताए । कोरोना संक्रमण दर घटेर केही सहज हुन साथ उक्त महायज्ञ हुने समितिले जनाएको छ । मूर्ति र अ...
लुम्बिनीमा सभाहल र ध्यानकेन्द्र निर्माण अन्तिम चरणमा, बुद्ध जयन्तीमा उद्घाटन गरिने

लुम्बिनीमा सभाहल र ध्यानकेन्द्र निर्माण अन्तिम चरणमा, बुद्ध जयन्तीमा उद्घाटन गरिने

पर्यटन, समाचार
लक्ष्मण पौडेलबुटवल, २७ पुस   ।  बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी  २ जेठ, बुद्ध जयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ । 'ध्यान केन्द्रमा ल्याण्डस्केपिङ र बाउन्ड्री वालको काम मात्र बाँकी छ, यो काम पनि चालु अवस्थामा छ, त्यस्तै झ्याल ढोका लगाउने काम पनि जारी छ,' कोषका योजना प्रमुख सरोज भट्टराईले भने, 'आगामी बुद्ध जयन्तीका दिन सभाहल र ध्यान केन्द्रको उदघाटन हुनेछ ।' लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि १७ वैशाख २०७५ मा २५६२औँ बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन केन्द्रको शिलान्यास गरेकी थिइन् ।   २०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अनक-अर्घाखाँची-बाबुल जेभी सिद्धार्थनगरल...
राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य

राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य

अन्तर्राष्ट्रिय, समाचार
लण्डन,२७ पुस । गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताएका छन् । एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै सात बुँदे सहमतिको पत्र बाहिरिएपछि त्यसप्रति असहमति जनाउँदै उनले त्यसलाई अत्यन्तै तल्लोस्तरको मिडियाबाजी भएको प्रतिक्रिया दिएका छन् । एनआरएनएलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने नेपाल सरकारको नयाँ नियमबारे जानकारी गराउन आयोजित भर्चुअल कार्यक्रमपछि आचार्यले विधि र विधानभन्दा बाहिर गएर गरिएको सहमति मान्य नहुने बताए । उनले प्रश्न गर्दै भने,‘हामीले सहमति गर्ने भए किन एनसीसी चाहिए, प्रतिनिधि किन चाहियो, विधान किन चाहियो ?’ अध्यक्ष कुमार पन्त र आफू विवाद समाधान गर्नका लागि आन्तरिक छलफलमा रहेकै बेला एक्कासी सहमति भएको भनि प्रचार गरिएको भन...