
मन्त्रिपरिषदलाई पूर्णता : खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला
Breaking news 2, अन्य, अर्थ, खेलकुद, गुल्मी विशेष, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वस्थ्य
सर्वोच्च अदालतले बिहीबार नागरिकता (पहिलो संशोधन) अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिंदा गरेको व्याख्याले अध्यादेशबाटै शासन चलाउन खोज्ने सरकारको प्रवृत्तिमाथि अंकुश लाग्ने देखिएको छ ।
संवैधानिक इजलासले अध्यादेशमाथि रोक लगाउन जेजस्ता तर्क र कारण पेश गरेको छ, त्यसले नागरिकता अध्यादेशका मामिलामा मात्रै सीमित नभई संसद छलेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पछिल्ला तीन वर्षमा ल्याएका थुप्रै अध्यादेशको वैधानिकतामाथि प्रश्न खडा गरिदिएको छ ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले सुविधा वा अमूक राजनीतिक उद्देश्य प्राप्तिका लागि संसद छलेर अध्यादेश जारी गर्दा संसदको अधिकारमाथि हस्तक्षेप हुने ठहर गरेको छ ।
सर्वोच्चले संसद छलेर अध्यादेश ल्याउने प्रवृत्तिमाथि कठोर टिप्पणी सम...