उदाहरण बन्दै रोल्पाका युवाहरु

7 Shares

रोल्पा, ०४ माघ । बि.सं.२०४६ सालसम्म संचालित रोल्पाको लुङगरि गाउँपालिकामा रहेको जिल्लाको एकमात्र बिमानस्थल संरक्षणमा सरकारी उदासिनताले गौचरण र फोहोर मैदानमा परिणत भएको छ ।
एतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट जिल्लाकै महत्त्वपूर्ण गन्तब्यको रुपमा रहेको वडाचौर क्षेत्रमा आगन्तुक पर्यटक र मङ्सिर पुर्णिामामा लाग्ने मेलाका कारण फोहोरमय बनेको छ । प्राकृतिक रुपमा सुन्दर देखिएपनी फोहोर ब्यबस्थापन नहुदा डम्पिङ साइड झै देखिने वडाचौर क्षेत्र हिजोआज भने केही स्थानीय युवा, बुद्धिजीवी, र समाजसेवीको सहयोगमा मुहार फेरिदै गएको छ । स्थानीय सरकारको ध्यान नपुगेपछी लुङगरि (५ र सुनिलस्मृती ( ३ का केही युवाहरु मिलेर वडाचौर क्षेत्रको फोहोर संकलन गरि उचित ब्यबस्थापन गरेका छन । ू वराहक्षेत्र मेला ब्यस्थापन समिति, स्थानीय सरोकारवालाको ध्यानाकर्षण गराउदापनी कुनै प्रतिक्रिया नाअएपछी हामी सामाजिक संजालमा आवहान गर्‍यौ र समूह बनाएर ब्यस्थापन गर्न सफल भयौं ू स्थानिय युवा तथा समाजसेवी बम बहादुर के सिले जानकारी दिनुभयो ।
हाम्रो वडाचौर राम्रो वडाचौर भन्ने मुल नाराका साथ लुङग्री(५ र सुनिलस्मृती(३ रुइनिवाङका करिब पचास जनाको हाराहारीको युवा, समाजसेवी, शिक्षक, विद्यार्थी लगाएत बुद्धिजीवीको सहभागितामा दुई दिन लगाएर कार्यक्रम सप्पन्न गरिएको स्थानिय युवा दिपक बिष्टले बताउनु भयो ।
वडाचौर क्षेत्र आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको र धार्मिक मान्यतालेपनि उत्तिकै महत्त्वपूर्ण रहेकाले यसको संरक्षणमा ध्यान दिएर वराह क्षेत्रको अस्तित्व समाप्त हुनेबाट जोगाउन यस कार्यक्रमको आयोजना गरिएको सलिक बिष्टले ध्यानाकर्षण गराउनुभयो ।
समाज परिवर्तनकोलागी हामिजस्तो युवाहरूले थोरैमात्र प्रयास गरेपनी समाजकालागी ठुलो योगदान हुने र आगामी दिनहरुमा सामाजिक कामका लागी यसरी नै एकजुट भएर योगदान पुर्याउने कार्यक्रममा सहभागी युवाहरुले प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
5
+1
2
+1
3
+1
3
+1
3

Leave a Reply

Your email address will not be published. Required fields are marked *