चार मुक्तक देशको नाउँमा

4 Shares

१,चलिरहेको छ सत्ताको रेस मार्सल लगाएर
पारीत गर्दैछ्न् रे अध्यादेश मार्सल लगाएर
एक दिन त्यही संसद भवनबाट हुनेछ घोषणा
गणंतन्त्र भन्दा राजतन्त्र बेस मार्सल लगाएर।

२,अमेरीकाले गर्दैछ खिसी देश अफगान बनाउन
षड्यन्त्रको मसला पिसी देश अफगान बनाउन
अझै कति जनता मरेको हेर्न चाहान्छौ नेताहरु हो
पारीत गर एम.सिसी.सिसी देश अफगान बनाउन

३,नेपाली बनेर बाँच्न पाउँ नेपाल मेरो हृदय होस्
अनेंक थरी जातजाती यौटै चाल र लय होस्
मेरो देश बाँचिरहोस् -बाँचिरहोस्,मै मरे पनि
युगौंयुग सम्म मेरो नेपालको जय जय होस्।

४,यहाँ नेताज्यू लाइ कुर्सीको पिर छ,सत्ताको पिर छ
अलिकति कमिसनको,अलिकति भत्ताको पिर छ
पिर माने पनि ठुलै कुराको पिर मान न भेँडा जनता हो
तिमीहरुलाइ खाली पेट भर्न र जाबो लत्ताको पिर छ

प्रदीप प्रखर पोखरेल
रेसुङ्गा न.पा.१४,पराल्मी,गुल्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *