गुल्मी कांग्रेसले संगठनको तौरतरिका बदल्दैछ ः सभापति पन्थी

3 Shares

प्रेम सुनार
गुल्मी, पुस २९ । नेपाली काङ्ग्रेस गुल्मीले आज जिल्ला पार्टी कार्यालय तम्घासमा पत्रकार सम्मेलन गरि जिल्ला देखि वडा स्तर सम्म प्रबिधि मैत्री बनाउने उदघोष गरेको छ । हामिले यहाँ बाट पुर्तिघाट्को काङ्ग्रेस लाई हुलाक बाट पत्रचार गर्दा कति दिन लाग्ला रु यस्तो प्रतिप्रश्न गर्दै पार्टि सभापति खिलध्वज पन्थीले भने जिल्लाका ९३ वटै वडामा पार्टी कार्यालय , कम्युटर र ईन्टरनेटको पहुँच पुराइ सबै गतिविधिको अपडेट आदन प्रदान गर्नेछौ । उनले गुल्मी काङ्ग्रेस प्रबिधि मैत्री बनाउन लागिएकोले कार्यकर्ता स्वयं पनि प्रबिधि मैत्री हुनु पर्नेमा जोड दिए । पुरानो परिपाटी बाट अब गुल्मी काङ्ग्रेसका कुनै पनि गतिविधि नचल्ने बताउदै उनले भने–‘ अब हामी विधि र बिधानलाइ काङ्ग्रेसको प्राण ठानेर नयाँ र चुस्त गति संघ अगाडि बढ्दै पहिलो पार्टी बनाउने छौ ।’

उनले आठौं अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिको पहिलो बैठकले केहि महत्वपुर्ण निर्णय गरेको बताउँदै उनले भने संगठनलाई कसरी चुस्त र दुरुस्त बनाउन सकिन्छ । नेपाली कांग्रेस गुल्मीलाई कसरी सवल र सक्षम बनाउन सकिन्छ भन्ने सन्धर्भमा ‘गुल्मी कांग्रेसको अठोट , सक्षम र सवल टोल’ भन्ने अभियान जिल्लाका ९३ वटै वडामा सञ्चालन गरका छौं र सात दिन भित्र मातहतका संगठनलाई सबै टोल समिति ब्यवस्थित गर्न निर्देशन दिई सकेका छौं । उनले गुल्मी कांग्रेसको पुराने तौर तरिकाले पार्टी ब्यवस्थित हुन नसकेको भन्दै नयाँ तौर तरिकाबाट पार्टी ब्यबस्थित र चुस्त दुरुस्त पार्न लागि परहेको बताए ।

नेपाली काङ्ग्रेसको भरखरै सम्पन्न महाधिवेशनलाई लक्षित गर्दै पन्थीले गुल्मी काङ्ग्रेस एकताबद्ध भएको दावी गरे । कुनै आग्रह र पुर्वाग्रह त्यागेर संगठन निर्माण गर्ने सबै साधारण सदस्य, क्रियाशील सदस्य, कार्यकर्ता तथा सम्पुर्ण नेताको जिम्मेवारी भएकोले निरन्तर संगठन निर्माणमा आफूहरु लागिरहेको उनको भनाइ थियो । गत पुष २७ गतेदेखि सुुरु भएको ‘गुल्मी काङ्ग्रेसको अठोट सवल र सक्षम टोल ’ अभियान निरन्तर चलिरहेले र यस अभियानले वडालाई सबल र टोललाई सक्षम बनाउने विश्वास आफूहरूले गरेको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ ।

कार्यक्रममा सहभागी पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले दिएका थिए । कार्यक्रममा पत्रकारहरुको सुझावले काङ्ग्रेसको अभियान सिङ्गो गुल्मीको अभियान हुने नेपाली काङ्ग्रेस गुल्मीको अपेक्षा रहेको पन्थीले बताएका थिए । सभापति सहित सबै पदाधिकारी गुल्मी काग्रेसका लागि युवाहरुले नेतृत्व लिएको र युवा उर्जा सहितको संगठन निर्माण र जनताको अपेक्षा पुरा गर्न सहभागि पत्रकारहरुले सुझाव दिएका थिए । पत्रकार सम्मेलनको सहजीकरण नेपाली काङ्ग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले गरेका थिए । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सह–सचिव छवि पाण्डे र धर्मराज पाण्डे लगायत जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.