गुल्मी, २८ पुष । गुल्मीदरबार गाउँपालिकाले आ.व.०७८/०७९ को प्रथम चौमासिक समीक्षा गोष्ठी आज सम्पन्न भएको छ । कार्यवाहक अध्यक्ष मिना भण्डारीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा गाउँपालिकाले प्रथम चौमासिक अवधीमा गरेका मुख्य मुख्य कृयाकलापहरुको प्रस्तुती प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गर्नुभएको थियो । उक्त कार्यक्रममा वडाध्यक्ष लगायत सम्पूर्ण कार्यपालिका सदस्यहरु, पालिकास्तरीय राजनैतिक दलका प्रमुखहरु, पत्रकार र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शाखालाई दिएको जिम्मेवारी अनुसार आ–आफ्नो शाखाबाट सम्पन्न भएका कृयाकलापहरुको प्रस्तुती शाखा प्रमुख तथा वडा कार्यालयहरुबाट सम्पादन भएका गतिविधिहरुको प्रस्तुती वडा सचिवहरुले गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुमा नेकपा एमाले गुल्मीदरबारका अध्यक्ष कृष्ण प्रसाद खनाल, नेपाली काँग्रेस गुल्मीदरबारका सभापती प्रेम पुन, नेकपा माओवादी केन्द्र गुल्मीदरबारका उपाध्यक्ष शेरबहादुर सर्तुङ्गी, राष्ट्रिय जनमोर्चा जिल्ला कमिटि सचिव छविलाल सर्तुङ्गी, पत्रकार नविन कार्कीले गाउँपालिकाले सम्पादन गरेका रचनात्मक कार्यको प्रशंसा गर्दै गाउँपालिकाले समग्र क्षेत्रमा राम्रो कार्य गरेकोमा सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँहरुले गाउँपालिकालाई अझै परिस्कृत रुपमा अगाडि बढाउदै समग्र कार्य सम्पादन गुणस्तरीय र पारदर्शी बनाउन महत्वपूर्ण सुझावहरु दिनु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जनता÷राजनीतिक दल÷जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्ध भएको कारणले गाउँपालिकाका कर्मचारीहरु उत्प्रेरित र उच्च मनोबलका साथ कार्य सम्पादन गरेको हुँदा गुल्मीदरबार गाउँपालिका नमूना गाउँपालिकाको रुपमा स्थापीत गर्न आफूहरु समर्पित भएर लागेको बताउनु भयो । गाउँपालिकाका कार्यवाहक अध्यक्ष मिना भण्डारीले यहाँका राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीहरुले गाउँपालिकाको हरेक क्षेत्रमा राम्रो सहयोग गरेकोमा सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै सबैको साथ र सहयोगमा समृद्ध गुल्मीदरबार बनाउन हामी सबै लागेको हुँदा रचनात्मक सहयोग गर्न अनुरोध गर्नु भएको थियो