लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण

1 Shares


जनकपुरधाम, २४ पुस  । धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ ।  खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो । 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए । खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *