थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

1 Shares

काठमाडाैं, २३ पुस । २३, पुस २०७८, तदनुसार ७ जनवरी २०२२ शुक्रबार । पौषशुक्लपक्ष पञ्चमी तिथि, बालव करण, पूर्वभाद्रपदा नक्षत्र, ब्यतिपात् योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ ।

आज सूर्योदय बिहान ६ः५८ मा हुनेछ भने साँझ ५ बजे २३ मिनेटमा हुनेछ । आज १०ः५२ देखि १२ः१० सम्म राहुकाल रहेको छ । त्यसैगरी ११ः४९ देखि १२ः३० सम्म अभिजित मुर्हत रहेको छ । देवता रुद्र, ग्रहदेव राहु रहेको छ । राहुकाल समयमा कुनैपनि शुभ काम नगर्नुहोला । अभिजित मुर्हत भएको समयमा शुभ कार्य गर्न सकिन्छ । शुक्रबारको दिन सौन्दर्यता र बिलासिताको सामान खरिद गर्न सकिन्छ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज रोजगारीको क्षेत्रमा तपाईंलाई नयाँ सफलता प्राप्त हुनेछ । आज नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । आजको दिन कुनै तीर्थस्थलीको यात्रा गरेर काम गर्दा सफलता मिल्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारव्यवसायबाट प्राप्त हुने धनलाभले अत्यन्त खुसियाली मिल्नेछ । ब्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन सकारात्मक  सोच हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनेछ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा हर्षित हुनुपर्ने हुन्छ ।  

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन शुभ छ ।  त्यसैले आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कसैसँग विवाद र झगडा नगर्नुहोला, कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको क्षेत्रमा काम गर्नुहोला । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंलाई आज परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईंलाई अनावश्यक आरोपसमेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात  लाग्नेछ । शिबालय यात्रा गरेर कुमारी कन्या  र बृद्ध माताहरुलाई खानेकुरा उपहार दिनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेका काम सफल हुनेछन् । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला । शुक्रबार गरिएको कारोबार छिटो प्राप्त नहुनसक्छ ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । कसैसँग पनि विवाद हुने काम र कुरा नगर्नुहोला ।   

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन राम्रो छ ।  सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले मनोरञ्जन दिनेछ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मानसम्मान मिल्ने योग छ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन देवी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मनमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ ।सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन गरेका कामहरु सफल हुनेछन् ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सूर्योदयको दर्शन गरेर मात्र आजको दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लगाउनु होला । अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाको काममा समय दिनु भए राम्रो हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *