एकै दिन त्रियुगा नगरपालिकाका ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

2 Shares

उदयपुर, २० मंसिर । उदयपुरको त्रियुगा नगरपालिकाका ६ जना कर्मचारीमा एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार गरेको एन्टिजेन परीक्षणमा प्राविधिक शाखाका इन्जिनियरसहित सबै जना र राजश्व शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका अवधनारायण चौधरीले जानकारी दिए ।

त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार ६० जनाको परीक्षण गर्दा एकै दिन ६ कर्मचारीमा कोरोना संक्रमण भेटिएको हो। त्रियुगा नगरपालिकामा दुई दिनमा एक महिला कर्मचारीसहित ८ कर्मचारीमा कोरोना पुष्टि भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *