अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन सुरु

2 Shares

इलाम, १८ मंसिर । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको दुई दिवसीय अन्तर्देशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनको डा. गार्गी शर्मा र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन गरेका छन् । 

‘पर्यटनको विकासमा साहित्यको भूमिका’ विषयक अवधारण पत्र डा. देवी क्षेत्री दूलाले प्रस्तुत गरेकी थिइन । अवधारण पत्रमाथि टिप्पणी गर्दै पत्रकार चन्द्र भण्डारीले साहित्यको माध्यमबाट पर्यटनको विकासमा योगदान भइरहेको बताए । 

साहित्य महोत्सवमार्फत पर्यटन प्रवर्द्धन विषयमा प्रमोद प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रधानको कार्यपत्रमा प्रा. डा. सावित्री मल्लकक्षपतिले टिप्पणी गरेकी थिइन् । साहित्य सम्मेलनमा साहित्यकार युवराज नयाँघरेले ‘यात्रा: भाव भाका र भाषा’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । नयाँघरेको कार्यपत्रमा रामकृष्ण पन्तले टिप्पणी गरेका थिए । 

कार्यक्रमका सहभागी बक्ताले साहित्यमार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना हुने बताएका छन् । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले इलाममा भएको अन्तर्देशीय साहित्य सम्मेलन इलामको पर्यटनको विकासको लागि महत्त्वपूर्ण काम भएको बताए । 

‘यो इलामको सम्वृद्धिको अभियान हो’, उनले भने,‘साहित्यको माध्यमबाट इलामको पर्यटनमा विकास पुग्छ भन्ने विश्वास लिएका छौ ।’ साहित्य सम्मेलनको अवसरमा इलामका दुई जना श्रेष्ठलाई पुरस्कृत गरिएको छ । इलाम नगरपालिका साहित्य कला तथा संगित प्रतिष्ठानको तर्फबाट गायक नन्दकुमार श्रेष्ठ र चित्रकार प्रेमकुमार खवासलाई सम्मानित गरिएको छ। उनीहरूलाई जनही नगद दश हजार रुपैयाँ सहित, दोसल्ला र प्रमाणपत्रले सम्मानित गरिएको हो । 

यस्तै सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरेको ‘भानुप्रतिभा अन्तर्देशीय नेपाली साहित्य पुरस्कार’ क्षेत्रीकी छोरी कृष्ण क्षेत्रीलाई हस्तान्तरण गरिएको छ । दुई लाख रुपैयाँ राशिको २०७७ को पुरस्कार ३० असार २०७८ मा वितरण गर्नुपर्ने भए पनि साहित्यकार क्षेत्रीको स्वास्थ्यका कारणले पुरस्कार लिन उपस्थित भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *