राप्रपा महाधिवेशन : लिङदेन समूहबाट भोट माग्न थाले विक्रम पाण्डेले

2 Shares

काठमाडौं, १७ मंसिर ।  राप्रपाको एकता महाधिवेशन गत बुधबारबाट काठमाडौंमा जारी छ । शुक्रबार मनोनयन दर्ता गरिएको छ । कमल थापा र राजेन्द्र लिङ्देन समूह नेतृत्वको प्रतिस्पर्धामा छ । दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन् । 

पाण्डे आफ्नो समूहमा रहेको दुवै समूहले दाबी गर्दै आइरहेका बेला उनी लिङ्देन समूहमा खुलेका हुन् । 

थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की, महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् । 

थापा प्यानलबाट उपाध्यक्षमा मनोनयन दर्ता गरिएका पाण्डेको लिङ्देन समूहबाट पनि वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता भएको थियो । थापा समूहमा नगई पाण्डे अहिलले लिङ्देन समूहबाट भोग माग्न थालेका छन् । योसँगै पाण्डे लिङ्देन समूहमा रहेका स्पष्ट भएको छ । 

लिङ्देन समूहबाट उपाध्यक्षमा पाण्डेसहित दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ । अध्यक्ष पदको मतपत्र र बाँकीको भोटिङ मेसिनबाट मतदान गरिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *