ग्लिस प्रिमियर लिगमा टोटनहमको साताैँ जित

2 Shares

काठमाडौं, १७ मंसिर  ।  इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

टोटनहमको जितमा ह्युङ मिन सनले १ गोल गर्दा अर्काे गोल भने उपहार पायो ।  भ्रमणकारी टोली ब्रेन्टफोर्डंका सर्जी कानोसले १२औँ मिनेटमा आफ्नौ पोष्टमा गोल गर्दा टोटनहमले १–० को अग्रता पायो । ६५औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी सनले अग्रता दोब्बर बनाउँदै सहज जित दिलाए । 

योसँगै प्रशिक्षक एन्टोनियो कोन्टेले लण्डनमा लगातार जित पाएका छन् । 

जितसँगै टोटनहम १३ खेलबाट २२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड भने १४ खेलबाट १६ अंकसहित १२औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *