शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा

2 Shares

काठमाडौं, ८ मंसिर  । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले २९ मंसिरमा १३अ‍ैँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले महाराजा रिसोर्ट प्रा.लि., बुटवल उपमहानगरपालिका-११, रुपन्देहीमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा हाल कायम चुक्ता पूँजीको १० दशमलव ९३ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नियमावलीको संशोधन गर्ने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनका लागि बैंकले १७ देखि २९ मंसिरसम्म बुक क्लोज गर्ने भएको छ। यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *