कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक ‘क्लिन स्वीप’

3 Shares

काठमाडौं, २ कात्तिक  । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टी– ट्वान्टी क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ ।

कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो ।  बिहीबार भएको  तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३–० ले आफ्नो पक्षमा बनाएको हो । 

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो । 

कतारका ब्याटर अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरिन् । नेपालका बलर रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १ विकेट हात पारे ।

यसअघि नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रनको कीर्तिमानी योगफल बनाएको थियो । नेपालकी ब्याटर सीता राना मगरले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन् ।

यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । 

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेल खेलेको हो ।  

विश्वकप छनोट २२ देखि २८ नोभेम्बर सम्म दुबईमा आयोजना हुनेछ ।  जसमा नेपालसहित  युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 Comment

  • Vanessa

    I believe that nepalis have a good heart and most kind hearted citizen. I am seeking justice against Chehar Singh Rayamajhi son of Hum Bahadur Rayamajhi with nepali passport # 05981185 who abused me by all means physically, mentally, emotionally, verbally and financially that caused me a mental health problem. Please open your heart as I’ve been seeking justice for my child who never given a chance to live in this world because I got miscarriage because of stress, anxiety and depression caused by him. I believe nepalis are God fearing and have a soft heart to people whose asking for help. Please help me to get the justice that I deserved . May your God blessed you more.

Leave a Reply

Your email address will not be published. Required fields are marked *