काठमाडौं उपत्यकामा ७६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

1716 Shares

काठमाडौं, १३ असोज

काठमाडौं उपत्यकामा ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही १३ असोजसम्म  उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले लगाएका छन् ।

उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसंख्यामध्ये पहिलो मात्रा १६ लाख २२ हजार ४४१ जनाले र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनाले लगाएका छन् । 

यस्तै, काठमाडौं जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्ण मात्रा ७४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । काठमाडौं जिल्लामा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेकामा ११ लाख ७७ हजार ६० जनाले पहिलो मात्रा र ११ लाख १२ हजार ८९३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 

भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्ण मात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले खोप लगाइसकेका छन् । भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना लक्षितमध्ये एक लाख ५५ हजार ३२६ जनाले पहिलो मात्रा र एक लाख ८४ हजार ७८७ जनाले पूर्ण मात्राको खोप लगाएका छन् । 

ललितपुरमा तीन लाख ८२ हजार ८६० जना लक्षितमध्ये पहिलो मात्रा दुई लाख ९० हजार ५५ जना र दुई लाख ६५ हजार ५४ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *