तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

1729 Shares

काठमाडौं, १२ असोज । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार तीन सय रुपैयाँ कायम भएकोमा मंगलबार तीन सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँ कायम भएको हो ।म‌गलबार  छापावाल सुन प्रति १० ग्रामको मूल्य ७६ हजार तीन सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार पाँच सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७५ हजार नाै सय २० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

मंगलबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार एक सय ५५ रुपैयाँ कायम भएको छ । साेमबार एक हजार एक सय ६० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदी प्रति १० ग्राम चाँदीको मूल्य नौ सय ९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *