अक्सिजन भर्न जाजरकोटबाट नेपालगन्ज जानुपर्ने बाध्यता हट्याे

1123 Shares

जाजरकोट, १२ असोज । अक्सिजन भर्नकै लागि जाजरकोटबाट नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा ७५ लाखको अक्सिजन प्लान्ट खरिद गरेर जडान भएपछि समस्याकाे समाधान भएकाे हाे ।कोभिड-१९ तथा अन्य बिरामीको उपचारका लागि अक्सिजन नहुँदा दैनिक नेपालगन्जबाट अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता थियाे । तर अब समस्याकाे समाधान भएकाे अस्पलात विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताइन्।

अघिल्लो पटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । हाल संघीय सरकारको बजेटबाट प्लान्ट खरिद गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *