इपिएल क्रिकेट : काठमाडौं र पोखरा भिड्दै

1642 Shares

काठमाडौं, १२ असोज  ।  एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो दिन आज मंगलबार  एउटा मात्र खेल हुँदैछ । चौथो संस्करणको इपिएल टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स इलेभन र पोखरा राइजोन भिड्न लागेका हुन। खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको यो तेस्रो खेल हो । काठमाडौं दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस अघि काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो। 

सोमबार तय काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल  भने बर्षाका कारण मैदान ओसिलो हुँदा टसनै नभई खेल रद्द भएको थियो । 

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखराको यो दोस्रो खेल हो ।  पहिलो खेलनै वर्षाले प्रभावित भएपछी पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो । 

१० ओभरको खेल जारी रहदा वर्षा भएपछि खेल रोकिएको थियो । अन्तिम समयसम्म पनि वर्षा नरोकिएपछि दुबै टोलीलाई १-१ अंक बाँडिएको थियो । 

सोमबारका दुबै खेल समेत वर्षाका कारण हुन सकेन । पहिलो खेलमा काठमाडौं र विराटनगरले मैदान ओसिलो हुँदा टस नै गर्न पाएनन् । दोस्रो खेलमा चितवन र भैरहवाबीचको खेलमा टस हुने तय हुँदा पुनः वर्षा भएको थियो । 

दुबै खेल पुनः खेलाइने वा अंक बाँडन भन्ने विषय तय हुन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *