गुल्मीको सत्यवति गाउँपालिकालाई औपचारिक समारोहका बीच दुध तथा मासुमा आत्मनिर्भर घोषणा

0 Shares

३ साउन, गुल्मी। गुल्मीको सत्यवति गाउँपालिकालाई औपचारिक समारोहका बीच दुध तथा मासुमा आत्मनिर्भर घोषणा तथा कृषक, समूह र सहकारी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कृषक समृद्धिका आधार उचित मुल्य सहित सहकारी बजारीकरण भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति गुल्मिका प्रमुख लक्ष्मण पराजुलीले यो पालिकाले छोटो समयमा नै कृषिमा फड्को मार्दै गएकोले जिल्लाका सम्पुर्ण स्थानिय तहले सिक्नपर्ने बताउदै जिल्लामा यो कार्यक्रम दोस्रो हुन सफल भएकोमा पालिका लाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश प्रमुख डा तुल्सीराम भण्डारी , पालिकाकी उपाध्यक्ष सुर्बणसेर्चन शाही ,प्रमुख प्रशासकिय अधिकृत झवीस्वर रेग्मी, जिल्ला पशु सेवा कार्यलय पाल्पाका कार्यलय प्रमुख चन्द्र बहादुर राना , जिल्ला समन्वय समिती गुल्मीका सदस्य राम मल्ल ठकुरी , चेम्वर अफ कमर्स गुल्मीका अध्यक्ष युवराज न्यौपाने, जनप्रतिनिधिहरु विभिन्न संघसस्थाका प्रमुखहरु , पत्रकार ,सुरक्षा निकाय लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
पालिकाका अध्यक्ष पारिस्वर ढकालको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा १०७ जनालाई विभिन्न शीर्षकमा सम्मान गरिएको थियो। कार्यक्रमको सन्चालन पशुपक्षिं बिकास कार्यालय साखाका प्रमुख नारायण खनालले गर्नुभएको हाम्रा प्रतिनिधि चुरामणी तिमिल्सिनाले खबर पठाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *