गुल्मीमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि

0 Shares

राधा पोख्रेल
साउन २ , तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो । गुल्मीदरबार गाउपालीकामा १३ जना, छत्रकोट गाउपालीकामा २ जना र रेसुंगा नगरपालीकामा १ जनागरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा संक्रिय संक्रमित ४ सय ४४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *