गायक रामचन्द्र चन्दको नयाँ गीत ‘कथा’ सार्वजनिक

0 Shares

गुल्मी जिल्ला लोकप्रिय गायक तथा एरेन्जर रामचन्द्र चन्दको नयाँ एकल गीत सार्वजनिक भएको छ। प्रेम कथामा आधारित गीत एका देशको कथा नबनोस लाई पुनः नयाँ संस्करणका रुपमा बजारमा ल्याईएको हो।
यस कथा’ नामक गीतमा गायक रामचन्द्र चन्दको स्वर रहेको छ भने जानकी पन्तको शब्द, कमल खनालको लय र संगीत र रुविन मगरले एरेन्ज गर्नुभएको गीत मन्जरी स्टुडियोमा रेकर्ड गरिएको थियो। झन्डै एक दशक भन्दा बढी समयदेखि नेपाली लोक संगीतको यात्रामा निरन्तर लाग्दै आउनु भएका चन्दका दर्जनौँ गीतहरु बजारमा आईसकेका छन्।
हाल सांगीतिक कर्मको शिलशिलामा काठमाडौँमा रहदै आउनु भएका चन्द गायनसंगै संगीत संयोजन तथा एरेन्जरको रुपमा समेत प्ररिचित हुनुहन्छ । आफ्नो पुरानो गीत लाखौँ स्रोता र दर्शकले रुचाइदिनु भएकोले पुनः नयाँ संस्करण बजारमा ल्याइएको गायक चन्दले हामी संगको कुराकानीमा बताउनु भयो।

हेर्नुहोस् भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *